बेदकोटमा बढे एसईई उत्तीर्ण विद्यार्थी, मेयर बोहरा भन्छन्– यस वर्ष ८० प्रतिशत उत्तीर्ण गराउँछौ

lotus institute

महेन्द्रनगर । बेदकोट नगरपालिकाका मेयर भोजराज बोहराले एसईई २०७९ को नतिजा सन्तोसजनक रहेको उल्लेख गर्दै चालु शैक्षिक सत्रमा ८० प्रतिशत पुगाउने लक्ष्य लिएका छन् । उनले शैक्षिक सत्र २०७८ भन्दा २०७९ मा १८ प्रतिशत बढी विद्यार्थी उत्तीर्ण भएको बताए ।

Mahendranagar

‘यस पटक शैक्षिक सत्र ०७९ को रिजल्ट राम्रो रह्यो । गत वर्ष २०७८(५५%) भन्दा यस बर्ष २०७९ (७३%) अर्थात १८ % बढी विद्यार्थीले ११ कक्षामा पढ्न पाउने भए’ उनले भने,‘अर्को शैक्षिक सत्रमा कम्तीमा ८०% विद्यार्थी उत्तीर्ण गराउने लक्ष्य हुनेछ ।’

morning glory

मेयर बोहराले सबै विद्यालयका प्रधानाध्यापक, शिक्षक, कर्मचारी, विद्यार्थी, अभिभाजक, शिक्षा आखा सबैलाई नतिजा सुधारका लागि धन्यवाद दिएका छन् ।

saark school
सम्बन्धित
Loading...