महेन्द्रनगर नमूना माविलाई भारतीय राजदूतावाले दियो बस, असार ३१ गते विद्यालयलाई हस्तान्तरण

lotus institute

महेन्द्रनगर । भीमदत्त नगरपालिका १८ कटानस्थित महेन्द्रनगर नमूना माध्यमिक विद्यालय(साधारण स्कुल) लाई भारतीय राजदूतावासले विद्यालय बस सहयोग गरेको छ । यस अघि दूतावासबाट भवन निर्माणमा सहयोग पाएको विद्यालयले अहिले वस सहयोग पाएको हो ।

Mahendranagar

विद्याल र भारतीय दुतावासबीच मंगलबार सम्झौता भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिरेन्द्रराज विष्टले दुताबासबाट विद्यालयलाई बस प्रदान गर्नेबारे सम्झौता गरिएको जानकारी दिए ।

morning glory

‘ विद्यालयका तर्फबाट दुई बस माग गरेका थियौँ, ‘अध्यक्ष विष्टले भने, ‘पहिलो चरणमा एक बस प्राप्त भएको छ ।’ दूतावासले असार ३१ गते विद्यालयलाई वस हस्तान्तरण गरिने अध्यक्ष विष्टले बताए ।

अंग्रेजी माध्यममा पढाई हुने साधाराण्मा अढाई हजार बढी विद्यार्थी अध्ययनरत छन् । यस वर्ष एसईई गरी परीक्षामा सुदूरपश्चिममा उत्कृष्ठ नतिजा ल्याएको छ ।

saark school
सम्बन्धित
Loading...