ghar sansar

कृष्णपुरकी अनारकली लुटपाट गर्ने दुई जना पक्राउ, खुकुरी लगायतका समान बरामद

khasi

महेन्द्रनगर । कृष्णपुर नगरपालिकाकी अनारकली चौधरीलाई लुटपाट गर्ने दुई जना पक्राउ परेका छन् । प्रहरीले भीमदत्त नगरपालिका–१३ पिपरैयाका २१ वर्षीय दिपक चदारा र दोधारा–चाँदनी नगरपालिका–१ का २२ वर्षीय अर्जुन सुनार पक्राउ गरेको हो ।

dirghayi clinic

आइतबार राति ९ बजे कृष्णपुर नगरपालिका–२ की २१ वर्षीया अनारकली चौधरी धान रोपेर साइकलमा घर फर्कदै गर्दा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०२००३ प १५१ नम्बरको मोटरसाइकलमा सवारी चदारा र सुनारले ती महिलालाई धक्का दिएर लुटपाट गरेका थिए।

दुबै जनाले ती महिलासँग भएको मोबाइल लुटेर फरार भएका थिए। लुटेर फरार भएका दुबै जनालाई चेक पोइन्टमा चेकजाँच गर्दा एक थान मोबाइल, एक थान मोटरसाइकल र एक थान खुकुरी फेला परेपछि अस्थायी प्रहरी बिट भाँसीबाट नियन्त्रणमा लिइएको थियो। लुटपाटमा संलग्न दुबै जनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Himal dental
सम्बन्धित
Loading...