कैलालीमा एमालेका दुई नेतामाथि साँघातिक आक्रमण

महेन्द्रनगर । कैलालीको टीकापुरमा नेकपा एमालेका दुई नेतामाथि खुकुरी प्रहार भएको छ । नेकपा एमालेको कैलाली जिल्ला कमिटी सदस्य एवं राष्ट्रिय युवा संघ नेपालका प्रदेश कमिटी सदस्य प्रकाश खड्का र युवा संघ कैलालीका सदस्य बम ओलीमाथि खुकुरी प्रहार भएको हो ।

इलाका प्रहरी कार्यालय टीकापुरका अनुसार चक्र शाहको समूहले उनीहरूमाथि आक्रमण गरेको हो । अहिले प्रहरीले आक्रमणकारीको खोजी गरिरहेको छ ।

शाह समूह नेपाली काँग्रेस निकट रहेको र राजनीतिक कारणले खुकुरी प्रहार भएको हुन सक्ने बताइएको छ। घटनाको थप विवरण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित
Loading...