भारतबाट सुन र नगद चोरी गरी घर फर्किएका तीन नेपाली पक्राउ

lotus institute

महेन्द्रनगर । भारतबाट नगद र सुन चोरी गरी घर फर्किएका तीन नेपाली कैलालीको टीकापुर नजिकै नाकाबाट पक्राउ परेका छन् ।

Mahendranagar

बिहीबार भारतबाट नगद रकम र ठूलो मात्रामा सुन चोरी गरेर नेपालतर्फ (घर) फर्किने बेलामा तीन जना नेपाली पक्राउ परेका हुन् । भारतीय प्रहरीले उनीहरूलाई ३ करोड भारतीय रुपैयाँ र १५ किलो ग्राम जति सुन सहित नाकाबाटै समातेको हो ।

morning glory

भारतीय प्रहरी स्रोतका अनुसार उनीहरूलाई तिकुनियाँबाट पक्राउ गरिएको हो। प्रहरीका अनुसार यसरी पक्राउ पर्नेमा टीकापुर नगरपालिका–८ का शंकर साउद, उनकी पत्नी र बर्दियाका एक अर्का युवक रहेको खुलेको छ ।

उनीहरू तीनैजना तिकुनियाँको बसपार्कबाट पक्राउ परेका थिए । भारतमा मजदुरी गर्दै आएका उनीहरूले त्यहाँ लुटपाट गरी नेपाल भाग्न लागेको बताइएको छ । कैलालीको सशस्त्र प्रहरीले पनि यसबारे भारतीय प्रहरीबाट जानकारी लिइरहेको र विस्तृत विवरण खुल्ने क्रममा रहेको बताएको छ ।

 

saark school
सम्बन्धित
Loading...