ghar sansar

अनाथ बालबालिकालाई भीमदत्तको सहयोग

महेन्द्रनगर । भीमदत्त नगरपालिकाले समाज कल्याण अञ्चल बाल अनाथालयलाई बालबालिकाका लागि विभिन्न सामाग्री सहयोग गरेको छ । भीमदत्तका उप मेयर कार्य वाहक मेयर निलम लेखक जोशीले ती समान हस्तान्तरण गरेकी छन् ।

अनाथालयलाई २३÷२३ थान तन्ना, रेनकोट, चप्पल, झुल, जग, गिलास, ३ थान सिलिङ्ग पंखा लगायतका समान सहयोग गरिएको छ ।

समान हस्तान्तरण कार्यक्रममा भीमदत्तका प्रमुख प्रशासकीय अधिकृत याम नारायण गौली लगायतका सहभागी भएका छन् ।

Himal dental
सम्बन्धित
Loading...