ghar sansar

लालझाडीको बैजनाथ बहुभाषिक आधारभूत विद्यालयका अध्यक्ष र प्रधानाध्यापक विरुद्ध विशेष अदालतमा मुद्दा दायर

khasi

महेन्द्रनगर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लालझाडी गाउँपालिका– ४ डाँगाजाईस्थित बैजनाथ बहुभाषिक आधारभूत विद्यालयका अध्यक्ष र प्रधानाध्यापक सहित चार जना विरुद्ध मुद्दा दायर गरेको छ ।

अख्तियारले विद्यालय स्वामित्वको जमिनको माटो गैर कानुनी रुपमा बिक्री गरेको आरोपमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण राना र प्रधानाध्यापक सुरेन्द्र बहादुर बोहरा सहित चार जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

dirghayi clinic

अख्तियारले आर्थिक वर्ष ०७६÷७७ र ०७७÷७८मा माटो उत्खनन गरी जमिन समथर र पोखरी निर्माण गर्दा प्रदेश सरकारको आर्थिक ऐन २०७६ को दफा ८ बमोजिम अनुसूची ६ ले तोकेबमोजिमको करबापतको सात लाख २९ हजार पाँच सय १४ रुपैयाँबराबरको हानि–नोक्सानी गरेको पाइएको हुँदा विद्यालयका अध्यक्ष राना, प्रअ बोहरा, स्थानीय न्यु भगवती इँटा उद्योगका व्यवस्थापक राजेन्द्रबहादुर भाट, अर्का इँटा उद्योग सिद्ध बैजनाथ इँटा उद्योगका सञ्चालक धनबहादुर विष्टविरुद्धमा छुुट्टाछुट्टै माग दाबीसहित विशेष अदालतमा मुद्दा दायर गरेको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग केन्द्रीय कार्यालयका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले निकालेको प्रेस विज्ञप्तिमा चारै जना विरुद्ध फरक बिगो कायम गरी मुद्दा दायर गरिएको उल्लेख छ ।

अध्यक्ष राना र बोहरा दुबैलाई जनही सात लाख २९ हजार पाँच सय १४ रुपैयाँ जरिवाना माग दाबी गरिएको छ। यस्तै न्यु भगवती इँटा उद्योगका व्यवस्थापक राजेन्द्रबहादुर भाटलाई भ्रष्टाचार निवारण ऐनअनुरूप चार लाख ११ हजार ६ सय ६ र सिद्ध बैजानाथ इँटा उद्योगका सञ्चालक धनबहादुर विष्टलाई तीन लाख १७ हजार नौ सय आठ रुपैयाँ जरिवानासहित माग दाबी गरिएको छ।

Himal dental
सम्बन्धित
Loading...