पुनर्वासमा उप मेयरले राखिन् श्रीमनलाई सवारी चालक

Amity

पुनर्वास । पुनर्वास नगरपालिकाकी नगर उप प्रमुख भुलिया कुमारी रानाले आफ्नै श्रीमानलाई सवारी चालकमा राखेकी छन् । नगरपालिका कार्यालयले नियुक्त गरेको चालक राम बोगटीलाई हटाएर उनले आफ्ना श्रीमान पदम देउवालाई सवारी चालक बनाएकी छन ।

उप मेयर रानाले बा २ झ ३०६४ नम्बरको जीप प्रयोग गर्दै आएकी छन् । नगरपालिका कार्यालय जीप चालक कार्यालयबाट नियुक्त भएकाले त्यस बाहेक अरु कुरा थाहा नभएको बताउँछ ।

janjyoti campus

उप मेयर रानाले रानाले आफू बिरामी भएका कारणले श्रीमानलाई चालक राखेको बताइन् । एक वर्षदेखि दुरुपयोग भइरहेको छ नि भन्ने हाम्रो प्रश्नमा उनले कुनै पनि जवाफ नदिई फोनमा कुरा गर्न मानिनन् । उनले सो जवाफ फोनमा नभई प्रत्यक्ष भेटेर दिने दाबी गरिन् । उनीसित गाडीका चालक र दुरुपयोग सम्बन्धि कुरा गर्न एक सातादेखि प्रयास गरिए पनि उनले कुरा गर्न असमर्थमता देखाएकी छन् ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश सिंह ऐरीले भने नगरपालिकाले पहिले नै सो गाडीको लागि चालक नियुक्त गरिएकाले उप मेयरका श्रीमानलाई नगरपालिकाले अहिलेसम्म नियुक्त नगरिएको जानकारी दिए । ‘नियुक्ति दिइएको छैन, कार्यालयमा गाडी दुरुपयोग भएको गुनासो पनि आएको छैन’ उनले भने ।

स्थानीयले उप मेयर रानाले प्रयोग गर्दै आएको गाडी दुरुपयोग हुँदै आएको गुनासो पनि गर्दै आएका छन् । उनीहरुका अनुसार भारतीय बजारसम्म किनमेल, विहेवारी र घरायशी समान बोक्न पनि गाडी प्रयोग हुँदै आएको छ ।

प्रमुख प्रशासकीय अधिकृत ऐरी भने नगरपालिकाको गाडी दुरुपयोग भएको जानकारी नआएको बताउँछन् । यो गाडी २०७९ मा खानेपानी तथा ढल व्यवस्थापन विभागले नगरपालिकालाई हस्तान्तरण गरेको थियो ।

ghar sansar
सम्बन्धित
Loading...