ghar sansar

सुदूरपश्चिमै पहिलो पेपरलेस बन्यो भीमदत्तको १८ नम्बर वडा, डिजिटल माध्यमबाट सेवा प्रवाह 

little buddha academy
khasi

महेन्द्रनगर । भीमदत्त नगरपालिका वडा नं. १८ ले डिजिटल माध्यमबाट सेवा प्रवाह सुरु गरेको छ । नयाँ आर्थिक वर्ष २०८०÷०८१ को पहिलो दिन सोमबारदेखि वडामा विद्युतीय व्यवस्थापन प्रणाली(डिजिटल म्यानेजमेन्ट सप्टवेयर) बाट सेवा प्रवाह थालिएको हो । 

वडा कार्यालयमा आयोजित कार्यक्रममा डिजिटल सेवा उद्घाटन गरिएको छ । डिजिटल माध्यमबाट सेवा प्रवाह सुरु गरी वडा नं. १८ सुदूरपश्चिममै पेपरलेस हुने पहिलो वडा बनेको छ । 

,orning glory badhai

ेभीनपा १८ का वडा अध्यक्ष रविन्द्र प्रसाद देवकोटाले नागरिकलाई सहज सुलभ र छिटो छरितो सेवा प्रवाह गर्न डिजिटल माध्यमबाट सेवा दिन थालिएको बताए । ‘कामकाज सम्पादन गर्दा सेवाग्राही र कार्यालयको समेत बोझ घट्छ, ‘डिजिटल साक्षरता समेत प्रदान गरेर सेवाग्राहीलाई थप सेवाग्राही जागरुक बनाउँछौ’ उनले भने,छिटो सुविधा प्रदान गर्न सहज हुन्छ ।’

dirghayi clinic

वडा कार्यालयले गत वर्ष वडालाई पेपरलेस बनाउने नीति तथा कार्यक्रम वडाबाट  पारित गरेको थियो । स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा डिजिटल प्रणाली प्रयोग सम्बन्धि व्यवस्था छ । त्यसका आधारमा वडाको योजना बनाएर कार्यक्रम पारित गरी लागू गरिएको वडा सचिव दिनेशराज भट्टले बताए ।

सचिव भट्टका अनुसार वडाबाट प्रवाह हुने सबै सेवा सफ्टवेयरमा राखिएका छन् । ‘सबै सेवामा राखिएका छन्, डाटा डिजिटल स्टोरेज हुने भएकाले छितोछरितो सेवा प्रदान हुन्छ’ उनले भने । 

सुदूरपश्चिमका निर्वतमान मुख्यमन्त्री राजेन्द्र रावलले डिजिटल सेवा उद्घाटन गर्दै नागरिकलाई प्रविधिको प्रयोग गरी सेवा प्रवाह गरिएकोमा वडा कार्यालयलाई धन्यवाद दिए ।

कार्यक्रममा भीमदत्त नगरपालिकाका उप मेयर निलम लेखक जोशी, नगर प्रवक्ता महेन्द्र खड्का, भीमदत्तका प्रमुख प्रशासकीय अधिकृत याम नारायण गौली, जनप्रतिनिधि, राजनीतिक दलका नेता लगायतका सहभागी भएका छन् ।

Himal dental
सम्बन्धित
Loading...