ghar sansar

व्यवसायीमाथि यसरी आक्रमण हुँदा पनि चुपचाप छ होटल व्यवसायी संघ ?

little buddha academy
khasi

महेन्द्रनगर । बेलौरी बजारको फेमिली रेस्टुरेन्टका सञ्चालक सुरेश कुमार बडायकमाथि धारिलो हतियारले साँघातिक आक्रमण गरी घाइते बनाएको घट्ना होटल व्यवसायी संघमा मौनता साँधेको छ । व्यवसायी बडायकमाथि आक्रमणको आरोप लागेपछि सुदूरपश्चिम प्रहरीले अनुसन्धान समूह (आरआइटी) खारेजी गरिएको छ । आरआइटीका दुई जना प्रहरी अनुसन्धानमा तानिएका छन् ।

प्रहरीले अनुसन्धान समूह खारेज गरी दुई प्रहरीमाथि अनुसन्धान अघि बढाउँदा पनि होटेल व्यवसायी संघबाट घट्नाबारे आधिकारिक धारणा बाहिर आएको छैन । घट्ताको झण्डै एक हप्ता पुग्न लागे पछि संघको मौनता नतोडिएपछि व्यवसायी संघप्रति आक्रोश पोख्न थालेका छन् ।

,orning glory badhai

‘होटल व्यवसायीको हकहित गर्ने भनेर जिल्ला, प्रदेश र केन्द्रमा संघ छ, अहिले व्यवसायीको यस्तो हालत हुँदा पनि संघलाई मतलब छैन,’ बेलौरीका एक होटल व्यवसायीले भने,‘यस्तो संघ हुनु भन्दा नहुनु नै राम्रो भो नि ।’

dirghayi clinic

बेलौरीका व्यवसायी बडायकमाथि गत बुधबार राति होटलमा डिआइजीका मान्छे भन्दै उनीमाथि हतियार प्रहार गरिएको थियो । अस्पतालमात्यसपछि उनले आफूलाई कुटपिट गरिएको भिडियो फेसबुकमा हालेका थिए । भिडियोमा उनले बबिन भट्ट भन्ने व्यक्तिले पिटेको आरोप लगाएका थिए । उनको निधारमा गहिरो चोट लागेको छ । उनले छोटो भिडियोमा आरआइटी र सिआइबीको टिमले उनीमाथि आक्रमण गरेको कुटपिट गरेको बताएका छन् ।

बडायकका आफन्तले भिडियोको आधारमा बेलौरी इलाका प्रहरी कार्यालयलाई जानकारी दिए पछि वेवास्ता गरिएको थियो ।

बेलौरीका होटल व्यवसायीहरुले प्रहरीको विरोध गरे व्यवसाय गर्न समस्या हुने भन्दै बडायक घटनामा होटल व्यवसायी संघ मौन बसेको आशंका गरेका छन् । ‘प्रहरीको विरोध गरेपछि झन समस्या हुन्छ भन्ने सोचेको होला’ बेलौरीका ती व्यवसायीले भने ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) भरत बोहराले होटल सञ्चालक बडायकमाथि आक्रमण भएपछि आरआइटी खारेज गरि दिएका छन् । आरआइटीका सबैको दरबन्दी फिर्ता गरी प्रदेश अनुसन्धान समूहका प्रमुख वरिष्ठ प्रहरी नायब निरीक्षक केशवराज जोशीसहितका ७ जना प्रहरीलाई सम्बन्धित ठाउँमा रमाना गरेर पठाएका छन् ।

बडायकमाथि आक्रमणमा संलग्नताको आरोप लागेका प्रहरी सहायक हवलदार दिप पाण्डे र प्रहरी जवान हेमराज भट्टमाथि अनुसन्धान थालिएको छ ।

Himal dental
सम्बन्धित
Loading...