सुप विश्वविद्यालयमा सत्तारुढ दलको भागबण्डा : काँग्रेसलाई मालामाल, एमालेको बेहाल

Amity

महेन्द्रनगर । सुदूरपश्चिमाञ्चल विश्वविद्यालमा सत्तारुढ दलले भागबण्डा गरी विभागीय प्रमुख र क्याम्पस प्रमुख नियुक्त गरेका छन् । काँग्रेसको भागमा सबैभन्दा बढी विभागीय प्रमुख र क्याम्पस प्रमुख परेका छन् । काँग्रेसपछि माओवादी केन्द्र र एकीकृत समाजवादीको भागमा परेका छन् ।

अधिकाँश क्याम्पस प्रमुख क्याम्पस काँग्रेसका भागमा छन् । प्रमुख प्रतिपक्षी नेकपा एमाले विभागीय प्रमुख र क्याम्पस प्रमुख दुबैमा किनारामा पुगेको छ । विभागीय प्रमुखमा एमाले र समाजवादी दुबै समान हैसियतमा पुगेका छन् । ती दुबैका एक÷एक जना विभागीय प्रमुख भएका छन् ।

janjyoti campus

विश्वविद्यालय स्रोतका अनुसार सबैभन्दा बढी विभागीय प्रमुख काँग्रेसका तीन जना छन् । त्यसपछि माओवादी केन्द्रले दुई जना विभागीय प्रमुख बनाएको छ । यस अघि एमाले नजिकका तीन जना विभागीय प्रमुख थिए । उनीहरु दुबैको स्थानमा काँग्रेस र माओवादी नजिकका प्रमुख बनेका छन् ।

विश्वविद्यालय स्रोतका अनुसार क्याम्पस प्रमुखमा पनि एमाले सबैभन्दा पछाडि पारिएको छ । सत्तारुढ तीन दलले क्याम्पस प्रमुखमा पनि भागबण्डा गरेका छन् ।

विश्वविद्यालयका उप कुलपति प्रा. डा. अम्मराज जोशी नेतृत्वको कार्यकारी परिषद्ले विभागीय प्रमुख र क्याम्पस प्रमुख नियुक्त गरेको थियो । सत्तारुढ दलबीच भागबण्डा बाँडफाँट सहमति हुन नसकेर अवधि सकिए पनि नियुक्तिमा ढिलाई भएको थियो ।

विश्वविद्यालय कार्यकारी परिषद्मा उप कुलपति सहित सबै सत्तारुढ दल नजिकका छन् । समितिमा डीनबाट प्रा.डा. लाल प्रसाद अम्गाई, क्याम्पस प्रमुखबाट केशर कुँवर, शिक्षकबाट तोयराज भट्ट सदस्य र रजिष्ट्रार प्रा. यज्ञराज पाठक सदस्य सचिव छन् ।

कार्यकारी परिषद्का सदस्य भट्ट आफंै कैलाली बहुुमुखी क्याम्पसका प्रमुख नियुक्त भएका छन् ।

ghar sansar
सम्बन्धित
Loading...