ghar sansar

विभिन्न माग राख्दै एमाले कृष्णपुरले गरायो मेयर ओझाको ध्यानाकर्षण

महेन्द्रनगर । नेकपा (एमाले) कृष्णपुर नगर कमिटीले बजेटको सन्तुलित वितरण सहितका विभिन्न मागहरु राखेर मेयर हेमराज ओझालाई ध्यानाकर्षण पत्र बुझाएको छ ।

मेयर ओझाको कार्यकक्षमा एमाले कृष्णपुरका इन्चार्ज लोकेन्द्र प्रसाद पन्त र नगर अध्यक्ष गणेश सिह ऐरीले मंगलबार ध्यानाकर्षण पत्र बुझाएका छन् । ध्यानाकर्षण पत्रमा एमाले नगर कमिटीले समृद्ध नगरपालिका र सुखी र खुसी नगर वासी होउन भन्ने चाहना राखेको उल्लेख गर्दै गलत कार्यको विरोध र राम्रोको समर्थन गर्ने उल्लेख गरिएको छ ।

नगर कमिटीका अध्यक्ष ऐरीले कृष्णपुर नगरपालिकाको समग्र विकास र जनसरोकारका विषय समेटेर मेयर ओझालाई ध्यानाकर्षण पत्र बुझाइएको बताए ।

मेयर ओझालाई ध्यानाकर्षण पत्र बुझाउन एमाले कञ्चनपुरका कार्य वाहक अध्यक्ष लक्ष्मी बुढा लगायतका नेता सहभागी भएका छन् ।

Himal dental
सम्बन्धित
Loading...