Sarsoti

सुप विश्वविद्यालयमा सत्तारुढ दलको भागबण्डा विरुद्ध उभियो प्राध्यापक संघ, भन्यो– विश्वविद्यालयलाई उपकुलपति र रजिष्ट्रारले आफ्नो व्यक्तिगत सम्पत्ति बनाए

lotus institute

महेन्द्रनगर । नेपाल प्रगतिशील प्राध्यापक संगठनले सुदूरपश्चिम विश्वविद्यालयले स्वेच्छाचारी र राजनीतिक प्रभावका आधारमा विभागीय प्रमुख र क्याम्पस प्रमुख नियुक्तिको निर्णय गरिएको भन्दै विरोध गरेको छ ।

संगठनले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै स्वेच्छाचारी र राजनीतिक प्रभावबाट ग्रसित निर्णयहरूप्रति संगठनले पटक पटक ध्यानाकर्षण गराउँदा र विश्वविद्यालयलाई त्यस्ता निर्णयबाट पर्ने असरबारे सचेत गराइरहँदा समेत जिम्मेवार नबनेको भन्दै रोष प्रकट गरेको छ ।

morning glory
Mahendranagar

‘आफू अनुकूल निर्णय गर्दै विश्वविद्यालय अगाडि बढेको र हाम्रो सङ्गठनको संयमतालाई कमजोरीका रूपमा बुझ्दै आफ्ना स्वेच्छाचारी गतिविधिहरूमा निरन्तर लागि रहेको यथार्थ सम्बन्धित सबै पक्षमा जानकारी गराउन चाहन्छौँ,’ अध्यक्ष वीरेन्द्र प्रसाद भट्टद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।

आफ्ना अनुकूलका व्यक्ति तथा राजनीतिक आस्थाका आधारमा स्वीकृत नै नभएका पदहरूमा नियुक्ति गर्दा र पटक पटक विश्वविद्यालय गलत बाटोमा गइरहेको विषयप्रति सचेत गराउँदा विश्वविद्यालयका उपकुलपति र रजिष्ट्रारले विश्वविद्यालयलाई आफ्नो वैयक्तिक सम्पत्तिका रूपमा व्यवहार गर्ने कार्यले विश्वविद्यालय अत्यन्त कमजोर बनेको ठहर संगठनले गरेको छ ।

‘पछिल्लो पटक गत ३० गतेको कार्यकारी परिषद्ले केही सीमित व्यक्तिहरू र आफ्ना नातागोतालाई लाभ पुग्ने गरी क्याम्पस प्रमुख र केन्द्रीय क्याम्पसका विभागीय प्रमुखहरूको गरिएको नियुक्तिले हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘ती निर्णयहरू तत्काल फिर्ता लिई नेपाल प्रगतिशील प्राध्यापक संगठनसँग समन्वय गरी जेष्ठता, योग्यता र क्षमताका आधारमा पुनः नियुक्ति गरी विश्वविद्यालयलाई प्रभावकारी रूपमा अगाडि बढाउन प्रयत्न गर्नुपर्ने आवश्यकताप्रति ध्यानाकर्षण गराउन चाहन्छौँ ।’

saark school
सम्बन्धित
Loading...