भीमदत्तमा यस्तो हुन्छ छाडा चौपायाको आधुनिक व्यवस्थापन

महेन्द्रनगर । भीमदत्त नगरपालिकाले व्यवस्थापनमा वेवास्ता गरेपछि स्थानीयले छाडा पशु चौपायालाई नगरपालिका कार्यालय पुगाएका छन् । उनीहरु पशु चौपायालाई नगरपालिका कार्यालयभित्र हुलि दिएका छन् ।

स्थानीयले कार्यालयभित्र हुलेका चौपायालाई नगर प्रहरीले बजारमा पठाई दिएका छन् । छाडा चौपायालाई कार्यालयभित्र हुल्न दिन विहानैदेखि नगर प्रहरी प्रवेशद्वारमा खटिएका थिए ।

janjyoti campus

भीमदत्त नगरपालिकाका मेयर पदम बोगटीले छाडा पशु चौपायाको आधुनिक व्यवस्थापन गर्ने भन्दै नगर नेतृत्व सम्हालेको वर्ष दिन भन्दा बढी पुगेको छ । चौपाया व्यवस्थापनमा मेयर बोगटीले हालसम्म जग्गा खोजीका लागि कार्यदल गठन, बर्दिया गएर अवलोकन र शुक्लाफाँटामा घाँस काट्न गएका बाहेक अन्य काम गर्न सकेका छैनन् ।

ghar sansar
सम्बन्धित
Loading...