
महेन्द्रनगर । अध्ययनका लागि महेन्द्रनगर आएका बेलौरी नगरपालिकाका एक युवक हराएका छन् । भीमदत्त नगरपालिका १८ मामा भान्जाचोकस्थित दिदीको कोठामा बस्दै आएका बेलौरीका अनिश चन्द मंगलबार विहानदेखि हराएका हुन् ।
सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा अध्ययनरत दिदी क्याम्पस गएका बेलामा उनी विहान कोठाबाट निस्केर हराएको उनका आफन्त भरत बहादुर चन्दले बताए ।

चन्दका आफन्तले खोजीका लागि जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएका छन् । विहान कोठाबाट निस्केका उनी महेन्द्रनगर बजारको सालघारी रोडमा देखिएको आफन्तहरुको भनाई छ । प्रहरीले जानकारी पाएपछि बजार क्षेत्रमा उनको खोजी गरि रहेको छ ।
