
–डिल्लीराज पन्त
महेन्द्रनगर । कञ्चनपुरस्थित गड्डाचौकी भन्सार कार्यालयमा करोडौं रुपैया बरावरका सवारी साधन कवाड बन्ने अवस्थामा पुगेका छन् । विभिन्न मुद्दामा जफत गरीएका सवारी साधनहरु समयमै लिलाम प्रक्रियामा नजादा करौडो रकम का सवारस् साधन कवाड बन्दै गएका हुन् ।
कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीले विभिन्न मुद्दामा जफत गरीएका सवारी साधनहरु समयमै लिलाम प्रक्रिया अगाडि बढाउन नसक्दा कार्यालय परिसरमा रहेका करोडौ मूल्यका ४ पाँग्रे र २ पाँग्रे सवारी साधन विगत ५ वर्षदेखि थन्किएका छन् । विगत ३ वर्ष पहिले कोरोनाको संक्रमणका कारण कार्यालयले सवारी र ढुवानीका साधनको लिलाम प्रक्रिया अगाडि बढाउन नसकेकाले करोर्डौ रुपैया राजश्व समेत गुम्ने अवस्थामा पुगेको छ ।

३ वर्ष पहिले कोरोनाको जोखिम वढिरहेको कारण देखाउदै लिलाम प्रक्रिया हुन नसकेपनी त्यस पछिका ३ आर्थिक वर्ष सम्म पनी विभिन्न कारण देखाएर कार्यालयले सवारीसाधनहरु लिलाम गर्न सकेको छैन ।
कर्यालयले समयमै मूल्याङ्कन समितिको बैठक नै राख्न नसकिएको भन्दै भन्सार कार्यालयमा लिलाम गर्नुपर्ने सवारी साधनको मूल्याङ्कन गर्नका लागि मेकानिकल इन्जिनियर को अभाव र अन्य कार्यालयबाट तलबको व्यवस्था गरी मेकाािकल इन्जिनियर झिकाउनु पर्ने हँुदा सवारी साधनका मोडल लगायतको भिडानको कार्य हुन नसक्दा ढिलाई भएको भन्सार कार्यालय गड्डाचौकीले जनाएको छ ।
अधिकांस गाडिहरुको मुद्या को समेत फैसला हुन बाँकी रहेको र हरेक गाडीको मोडल भिडानका लागि सम्बन्धित एजेन्सी वा कम्पनीमा पठाई इन्जिनियरले सवारी साधनको मूल्याङ्कन गरी मूल्य निर्धारणपछि मात्रै लिलाम प्रक्रिया अघि बढ्ने गड्डाचौकी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत धु्रवराज विश्वकर्माले बताए ।
भन्सार कार्यालयमा ५ सय बढि विभिन्न कम्पनीका मोटरसाइकल , २० बढी जिप, कार, ट्रक, भ्यान लगायतका साधन लिलामको पर्खाइमा रहेका छन् ।अवैध तरिकाले संचालनमा ल्याएका र चोरी तस्करीमा प्रयोग मा ल्याएका सवारी साधन वरामद गरी प्रहरीले भन्सार कार्यालय पुर्यादै आएका छन । विगत लामो समय देखी भन्सार कार्यालयको परिसरमा खुला आकासमा रहदा राम्रै अवस्थामा भएका सवारी साधन खिया लागेर थोत्रिने अवस्थामा पुगेका छन । सवारी साधन थोत्रिदा तिनीहरुको मुल्यांकन समेत वर्षैनी घट्दै गईरहेकाले लिलामी भएका साधन वाट उचित रकम नउठ्ने सम्भावना देखिएको छ ।
कञ्चनपुर भन्सारमा ५ सय वढि को संख्यामा रहेका २ पाङ्ग्रे सवारी साधन मध्ये ३ सय ९० वटाको लिलामका लागी सवै प्रकृया पुर्याई सकेकाले साउन महिनाको अन्तिम साता सम्म लिलाम गर्न र राम्रो अवस्थामा रहेका ४ पाङ्ग्रे सवारी साधन भने विभागले नै विभिन्न कायालयका लागी प्रयोगमा ल्याउने गरी कार्य गरीएको बताउदै लिलाम वाट उठ्ने रकमले कार्यालयको आन्तरिक राजश्व संकलनमा समेत बृद्धि हुने प्रमुख भन्सार अधिकृत धु्रवराज विश्वकर्माले बताए ।
कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकी परिसर भित्र विभिन्न समय र मुद्यामा वरामद गरिएका लाखौ रकम वरावरका सवारी साधन समयमै लिलामी प्रक्रियामा जान नपाउँदा कवाड बन्दै गईरहेका छन भने भन्सार कार्यालयले समयमै यि सवारी साधनको लिलाम गरी विक्रि नगरे कवाडका भाउमा जाने र नेपाल सरकारले करौडौं रकम गुमाउन पर्ने छ ।
