सृजनशिल सहकारीले मनायो १५ औं स्थापना दिवस

झलारी । शुक्लाफाँटा नगरपालिका १० झलारीमा रहेको सृजनशिल बचत तथा ऋण सहकारी संस्थाले शुक्रबार १५ औं स्थापना दिवस मनाएको छ । 

स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा बार्षिक कारोवारको संक्षिप्त जानकारी दिदैं सहकारीका कार्यकारी प्रमुख मदनराज भट्टले संस्थाले आब ०७९÷८० मा रु दुई करोड छ लाख ९५ हजार ३६१ खुद नाफा आर्जन सफल भएको बताए । उनका अनुसार अघिल्लो आबमा सहकारीले रु एक करोड ७७ लाख २९ हजार ३६० नाफा आर्जन गरेको थियो ।

janjyoti campus

गत आवको तुलनामा सहकारीले आब ०७९÷८० मा रु २९ लाख ६६ हजार बढी नाफा आर्जन गरेको हो । सहकारीले सोही आवमा १३ करोड १६ लाख ३९ हजार १८८ आम्दानी गरेको छ ।

अघिल्लो आबमा सहकारीले ११ करोड ९९लाख ६८ हजार १९६ आम्दानी गरेको थियो । जुन गत आबको भन्दा(९दशमलव ७२ प्रतिशत) अर्थात एक करोड १६ लाख ७० हजार ९९२ ले बढी रहेको छ । उत्पादनशिल क्षेत्रमा सहकारीले आब ०७९÷८० मा रु ७५ करोड दुई लाख ६२ हजार ५१ लगानी गरेको छ ।

जुन गत वर्षको तुलनामा रु ८४ लाख ९२ हजार ४४४ले बढी रहेको छ । सहकारीले ४८ प्रतिशत रकम कृषि, ३३ प्रतिशत व्यवासय, १२ प्रतिशत सामाजिक कार्यमा लगानी गरेको छ । असुली दर भने ९९ दशमलव ६५प्रतिशत रहेको छ ।
सहकारीको सेयर पूजिमा समेत बृद्धि भएको छ । आब ०७९÷८० सेयर पूजिँ रु पाँच करोड नौ लाख ६० हजार ४०० पुगेको छ । गत आबको तुलनामा शेयर पूजिँ २३ दशमलव ९४ प्रतिशतले बृद्धि भएको छ ।

सहकारीको बचत रकम रु ४९ करोड २८ लाख ६४ हजार ३२८ रहेको छ । जुन गत आबको तुलनमा १८ दशमलव ३४ प्रतिशतले बृद्धि भएको छ । सहकारीमा केन्द्र संख्या ३११ पुगेका छन । गत आबको तुलनमा केन्द्रको संख्या २४ले बढी रहेको छ । सहकारीका सदस्य संख्या १७ हजार सात सय २४ पुगेको छ । सहकारीले एक वर्षमा एक हजार ८३ जनालाई वित्तिय साक्षरता सम्बन्धी तालिम दिएको छ ।

देशमा हाल कायम रहेको आर्थिक मन्दीका बावजुद संस्थाको असुली दर ९९ दशमलव ६५ प्रतिशत रहनुनै मुख्य सफलताका रुपमा रहेको छ सहकारीका कार्यकारी प्रमुख भट्टले भन्नु भयो, शेयर रकम तथा कोषमा बृद्धि भएको छ, सन्तोषजनक मुनाफा रहेको छ । उनले मुख्य चुनौतीका रुपमा आर्थिक मन्दीका कारण लगानी योग्य रकमको अभाव,बाहय ऋण तथा बचतमा अत्यधिक व्याजदर र सरकारी फितलो नीति जिम्मेवार रहेको बताए ।

सहकारीका अध्यक्ष शिवराज भट्टको सभापतित्वमा आयोजना गरिएको कार्यक्रममा सहकारीका सल्लाहकार समिति सदस्य सिद्धराज भट्ट, सिटिजन लाइफ इन्सोरेन्सका नवराज जोशी लगायतले संस्थाको सफताको कामना गर्नु भएको थियो ।

कार्यक्रममा स्वागत मन्तव्य सहकारीका उपाध्यक्ष हरिप्रसाद अवस्थीले राखेका थिए । कार्यक्रम सञ्चालन सहकारीका कोषाध्यक्ष केपी पाण्डेयले गरेका थिए । कार्यक्रममा मन्तव्य राख्ने कार्यक्रम पश्चात केक काटेर सहकारीको १५औं स्थापना दिवसलाई भव्य बनाईएको थियो ।

ghar sansar
सम्बन्धित
Loading...