ghar sansar

रमेश लेखकले भने– नयाँ पार्टी खहरे हुन्, काँग्रेस नदी हो

khasi

महेन्द्रनगर । नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले नवोदित दलहरूलाई उर्लंदो खहरेको संज्ञा दिएका छन् ।

dirghayi clinic

४१औं बीपी स्मृति दिवसका अवसरमा शनिबार रामेछापको भंगेरीमा आयोजित वृक्षारोपण कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख सचेतक लेखकले नयाँ पार्टीहरू उर्लंदो खहरे भएको बताएका हुन् । ‘कांग्रेस मंसिरमा पनि उत्तिकै बग्ने नदी समान हो, अरु खहरे हुन् मंसिरमा हुँदैनन्,’ लेखकले भने, ‘नयाँ पार्टी उदाउँदैमा कुनै पनि कांग्रेसीले आत्तिनु पर्दैन ।’

प्रमुख सचेतक लेखकले बीपीको विचार कालजयी भएको बताए । ‘बीपी कोइरालाले नागरिक र मुलुकको भलो प्रजातान्त्रिक समाजवादबाट मात्र हुन्छ भनेर प्रतिवादन गरेको त्यस बेलाको विचारमा आज सबै अटाउन सक्नु नै उहाँको विचार कालजयी हुनु हो,’ लेखकले भने, ‘लोकतन्त्रमा विश्वास नगर्ने कम्युनिस्टहरूलाई पनि लोकतन्त्रमा विश्वास गर्ने अवस्था बनायौं । त्यही भएर बीपीले प्रतिपादन गरेको कांग्रेसको विचारले सबै विचारलाई जितेको छ ।

Himal dental
सम्बन्धित
Loading...