ghar sansar

सशस्त्रले लालझाडीबट समात्यो १६ लाखको अवैध चिनी

khasi

महेन्द्रनगर । भारतबाट भन्सार छली भित्रिएको ठूलो मात्रामा अवैध चिनी सहितको बोलेरो जीप सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । लालझाडी गाउँपालिका–१ नौरंगाबाट चिनीसहितको बोलेरो जीप नियन्त्रणमा लिएको हो ।

dirghayi clinic

सशस्त्र प्रहरीको ३५ नं. गण हेडक्वाटर शैलेश्वरी गण मातहतको बोर्डर आउट पोष्ट (बीओपी) दोदाबाट खटिएको गस्ती टोलीले भारतबाट अवैध रुपमा भन्सार छली नेपाल भित्र्याइएको अनुमानित १६ लाख ७६ हजार रुपैयाँ बराबरको २५ क्वीन्टल चिनी बरामद गरेको जनाएको छ  ।

चिनी सहित से. १ च १२२९ नम्बरको बोलेरो जिप समेत नियन्त्रणमा लिएको हो । कृष्णपुर नगरपालिका–५ गुलरियाका ३० वर्षीय जीप चालक लोकेन्द्र बोहरा र लालझाडी गाउँपालिका–१ बिनाबारीका १९ वर्षीय सह चालक बिशाल वडायकलाई नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि भन्सार कार्यालय गड्डाचौकीमा बुझाएको छ ।

Himal dental
सम्बन्धित
Loading...