ghar sansar

वडा अध्यक्षलाई सडक कहिले बन्छ सरकार भन्दै मदनचोक भानु चोक सडक आवागमन ठप्प

little buddha academy
khasi

महेन्द्रनगर । भीमदत्तका मेयर र उप मेयर सहित जनप्रतिनिधिको तस्बिर टाँसेर असारमा सडकमा रोपाई गरी विरोधमा उत्रिएका व्यवसायी फेरि विरोधमा उत्रिएका छन् ।

भीमदत्त नगरपालिकाले प्रतिवद्धता अनुसार सडक निर्माण नगरेपछि आइतबारदेखि विहानदेखि उनीहरु भीनपा ४ का अध्यक्ष सुशिल कुमार भट्टलाई सडक निर्माण कहिले हुन्छ भन्ने प्रश्न सोध्दै उनको तस्बिर टाँसेर विरोधमा उत्रिएका छन् । उनीहरुले प्रश्न सोधिएको पोष्टरमा वडा अध्यक्षको जवाफ अझै चार वर्ष पनि भनेर जवाफ लेखेका छन् ।

,orning glory badhai

मदनचोक भानुचोक क्षेत्रका व्यवसायीले वडा अध्यक्ष भट्टको तस्बिर टाँसेर सडकमा सवारी साधन र डोरी लगाएर सडक बन्द गरि दिएका छन् । मदनचोक भानुचोक सडकमा अहिले सवारी आवामगन ठप्प हुन पुगेको छ ।

भीमदत्तका मेयर पदम बोगटी, उप मेयर निलम लेखक जोशी र वडा अध्यक्ष भट्टको तस्बिर टाँसेर गत असारमा व्यवसायीहरुले सडक निर्माण लापरवाही विरुद्ध सडकमा धान रोपाई गरेका थिए । त्यसपछि मेयर सहितको टोलीले त्यहाँ पुगेर तत्काल सडकका खाल्डाखुल्डी पुरेर छिटो सडक निर्माण गर्ने प्रतिवद्धतापछि विरोध रोकिएको थियो ।

dirghayi clinic

मेयर सहितका जनप्रतिनिधिले प्रतिवद्धता अनुसार सडक निर्माणमा ध्यान नदिएको भन्दै व्यवसायी फेरि विरोधमा उत्रिएका हुन् । मदनचोकका व्यवसायी उमेश पाण्डेयले सडक निर्माणमा लापरवाही गरिएकाले विरोधमा उत्रिएको बताए ।  ‘यो समस्या कसैले देखेन, त्यही भएर विरोधमा उत्रिएका छौ’ उनले भने ।

व्यवसायी रवीन्द्र ओझाले नगरपालिकाले सडक निर्माणमा ढिलाई गरिएपछि खाल्डाखुल्डी भएर आवागमनमा समस्या परेपछि असारमा धान रोपाई गरी नगरपालिकाको ध्यानाकर्षण गरिएको बताए ।

‘नगरपालिकाले सडक बनाउन ढिलाइ गर्दा सडक छेउमा खाडल भएको थियो, रोपाई गरेपछि त्यो पुरियो, उनले भने, ‘अहिले फेरि त्यस्तै भयो, नगरपालिकाले भने अनुसार सडक बनाएन ।’

यस क्षेत्रमा भीमदत्त नगरपालिकाले सडक विस्तारका क्रममा नगर विकास समितिको २२ सटर खाली गर्न नसकेपछि सडक निर्माणदाता एडिबीले काम अघि नबढाएपछि काम रोकिएको छ ।

ती सटर हटाउन वडा अध्यक्ष सुशीलकुमार भट्टको अध्यक्षतामा कार्यदल बनेको थियो । कार्यदलले सटर खाली गर्न पर्ने सुझाव सहितको प्रतिवेदन नगरपालिकामा बुझाएको थियो ।

 

Himal dental
सम्बन्धित
Loading...