एमालेको पार्टी कार्यालयमै सम्झिए पुष्पलाल, आएन पुष्पलाल चोक

महेन्द्रनगर । नेकपा एमालेले कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको ४५ औं स्मृति दिवस मनाइएको छ । सो अवसरमा एमाले पार्टी कार्यालयमा स्थापना गरिएको पुष्पलालको शालिकमा माल्र्यापण गरिएको छ । यस अघि पुष्पलाल चोकमा आएर पुष्पलालको शालिकमा माल्र्यापण हुने गरेको थियो ।

यस वर्ष एमालेले पार्टी कार्यालयमा पुष्पलालको शालिक स्थापना गरेको छ । एमाले केन्द्रीय लेखा आयोगका सचिवालय सदस्य ईश्वरी प्रसाद खरेल सहित जिल्ला पदाधिकारी, नेता कार्यकर्ताले शालिकमा पुष्प गुच्छा अर्पण गरे ।

शालिकमा माल्यार्पणपछि पार्टी कार्यालयमा सरसफाई गरिएको छ ।

सम्बन्धित
Loading...