Sarsoti

बैतडीको मेलौलीमा ग्रेड अनुसार विद्यार्थीलाई सम्मान सहित छात्रबृत्ति

lotus institute

महेन्द्रगर । बैतडीको मेलौली नगरपालिका ८ का वडा अध्यक्ष तपेन्द्र सिह विष्टले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार ल्याउन विभिन्न विभिन्न छात्रबृत्ति व्यवस्था गरेका छन् ।

Mahendranagar

वडा कार्यालयले चालु आर्थिक वर्ष २०८०÷०८१ को लागि वडाभित्रका कमलपुर माध्यकि विद्यालय र गंगेश्वर आधारभूत विद्यालयका कक्षा ८ र १० का विद्यार्थीहरुका लागि सम्मान सहित छात्रबृत्ति दिने कार्यक्रम ल्याएका हुन् ।

morning glory

वडा अध्यक्ष विष्टले वार्षिक परीक्षामा सर्वोत्तम, अतिउत्तम, उत्तम र राम्रोलाई ग्रेड(नतिजा) अनुसार नगद तथा सम्मान गरिने बताए । अध्यक्षका अनुसार सर्वोत्तम अंक ल्याउनेलाई ५० हजार, अतिउत्तमलाई २५ हजार, उत्तमलाई १० हजार, राम्रो ग्रेड ल्याउनेलाई ५ हजार नगद तथा सम्मान गरिने छ ।

मेलौली–८ मा नेकपा एमालेको तर्फबाट निर्वाचित विष्ट बैतडीका कान्छा वडाध्यक्ष समेत हुन् । वडा अध्यक्षले लागु गरेको कार्यक्रमले शैक्षिक गुणस्तरमा सुधार भएर दक्षजनशक्ति उत्पादन हुने अपेक्षा गरिएको छ ।

saark school
सम्बन्धित
Loading...