ghar sansar

भुक्तानीका लागि सुदूरपश्चिमका मुख्यमन्त्रीसित निर्माण व्यवसायीको हारगुहार

little buddha academy
khasi

महेन्द्रनगर । सुदूरपश्चिममा मात्रै निर्माणको व्यववसायीको एक अर्ब रुपैयाँ काम गरेको पैसा फसेको छ। निर्माण व्यवसायीहरुले विभिन्न आयोजना निर्माणको बक्यौता रकम भुक्तानी गर्न सरकारसँग माग गरेका छन् ।

नेपाल निर्माण व्यवसायी महासंघ सुदूरपश्चिम प्रदेश समितिले मंगलबार प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाह र कैलालीका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेललाइ ज्ञापनपत्र बुझाउँदै काम गरेको भुक्तानी माग गरेका हुन् ।

,orning glory badhai

र्निाण व्यवसायीलाई समयमै भुक्तानी गर्न, ठेक्काको म्याद थप गर्न र मूल्यवृद्धि फ्रिज नगर्न ज्ञापनपत्रमार्फत भनिएको छ। देशभरी निर्माणको भुक्तानी ७० अर्बभन्दा बढी रहेको भए पनि यसबारे सरकार उदासीन बनेको आरोप निर्माण व्यवसायीको छ ।

dirghayi clinic

सुदूरपश्चिम प्रदेशभित्र मात्र निर्माण व्यवसायीले काम गरेको करिब एक अर्ब रुपैयाँको भुक्तानी पाउन बाँकी रहेको नेपाल निर्माण व्यवसायी महासंघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष लक्ष्मण स्वाँरले बताए।

‘निर्माण व्यवसायीले निर्माण पुरा गरिसकेका योजनाको पनि सरकारबाट भुक्तानी पाउन सकेको अवस्था छैन, यसका लागि हामी संघर्षमा छौँ’ सरकारको अर्थ मन्त्रालयमा विभिन्न विकासे मन्त्रालयहरुले पठाएको १० अर्बभन्दा बढी उठिसकेको बिलको भुक्तानी अझै भएको छैन।

यस्तै देशभर ५० अर्बको रनिङ् अथवा चलिरहेको निर्माण कार्यको काम गर्ने अवधि सकिएकाले थप समयको माग समेत गरिएको छ। ज्ञापन पत्र बुझ्दै मुख्यमन्त्री शाहले व्यवसायीका समस्या सामाधान गर्न पहल गर्ने प्रतिबद्धता जनाएका छन्।

साभार : दिनेश खबर

Himal dental
सम्बन्धित
Loading...