ghar sansar

समयमै काम नसकेर बाटो हिलाम्ये भएपछि भाँसीको जागृति टोल आक्रोशित

Amity

महेन्द्रनगर । भीमदत्त नगरपालिका ३ भाँसी जागृति टोलको गल्ली नं. ६ का वासिन्दा मंगलबार मध्यान्ह वडा सदस्य मिना कुँबरसंगै आक्रोशित भएर प्रवेशद्वारमा आए । टोलको गल्ली नं. ६ को बाटोमा हिँडडुल गर्न नसकिएपछि भएपछि उनीहरुले पत्रकार बोलाएर पीडा पोखे । निर्माण व्यवसायीलाई काम गर्न रोकि दिए ।
‘माघदेखि अहिलेसम्म बनेको छैन, आफ्नालाई ठेक्का दिन्छन्, काम पूरा गर्र्दैनन्, स्थानीय गणेश ऐरले भने, ‘काम सकि दिनु प¥यो, हामीलाई यसरी दुःख दिनु भएन ।’

निर्माण व्यवसायीले सबै गल्लीको काम सुरु गरी पूरा नगर्दा स्थानीयलाई आवतजावतमा समस्या भएको उनको भनाई छ । ‘एक गल्लीमा काम सुरु ग¥या छाड्यो, त्यसपछि अर्को गल्लीमा हाल्यो, यसरी नै सबैमा सुरु भयो’ उनले सुनाए,‘काम चाहिँ कुनैमा पनि सकिएन ।’

lotus institite

टोलका अर्का स्थानीय अशोक प्रसाद पाण्डेयले निर्माणाधिन बाटो हिलाम्ये भएर आवतजावत गर्न नसकिने अवस्था भएको बताए । ‘माघदेखि असारसम्म काम सकिनु पर्ने हो, स्टेमेट अनुसार काम हुनु पर्ने हो, त्यसो भएको छैन’ उनले भने,‘हिलो भएर हिँडडुल गर्नै गाह्रो भो, यो नालीमा पनि सबै ढक्कन लगाएको छैन ।’

संघीय सरकारको सहरी विकास मन्त्रालयको बजेटमा जागृति टोलमा निर्माणाधिन नाली सहित चार गल्लीमा बाटो निर्माण कार्य गरिएको छ । असार मसान्तमा सकिनु पर्ने कार्य साउन दोस्रो सातासम्म पनि पूरा नभए हिँडन समस्या भएपछि स्थान्ीय आक्रोख पोखेका छन् । उनीहरुले मंगलबार विहानै विभिन्न सञ्चार माध्यमका पत्रकार बोलाएर भीमदत्त नगरपालिका र निर्माण व्यवसायी विरुद्ध आक्रोश पोखेका हुन् ।

कैलालीको धनगढीस्थित सहरी विकास तथा भवन निर्माण विभागले किशोर कन्स्ट्रक्सनलाई असार मसान्तसम्म निर्माण पूरा गर्ने गरी ठेक्का दिएको हो । ९७ लाखको निर्माण कार्य घटाघटीमा सम्झौता गरी निर्माण व्यवसायीले ठेक्का लिएका छन् । निर्माण व्यवसायीले जागृति टोलको गल्ली नं. ६ सहित चार गल्लीमा नाली र बाटोमा ग्राभेल हालेर पानी पिच बनाउन ठेक्का लिएको छ । गल्ली नं. ६ मा मात्रै ३ सय ९ मिटर लम्बाईको बाटो छ । नाली निर्माण गरी ग्राभेल फालिएको बाटो हिलाम्ये भएर अहिले आउजाउ गर्न स्थानीयलार्इृ अप्ठेरो भएको हो ।

स्थानीय ऐरका घर नजिक हिलाम्य बाटोमा खाल्डाखुल्डी परेर पानी जमेको छ । उनले भीमदत्त नगरपालिकाका उप मेयर सहितको टोलीलाई बाटोलाई पूरानो अवस्थामा फकाई दिनु पर्ने सहित माग पनि राखे । वडा सदस्य कुँबरले आग्रह गरेपछि उप मेयर निमल लेखक जोशीले प्राविधिक सहित बाटो निरीक्षण गरेकी थिइन् । स्थानीयले वडा सदस्य कुँबरलाई मेयर पदम बोगटीलाई बोलाउन दबाव दिएका थिए । मेयर कार्यालय बाहिर भएपछि उप मेयर निरीक्षण गएकी हुन् । उप मेयर जोशी पुग्न अघि वडा अध्यक्ष गगन सिह धामी पुगि सकेका थिए ।

उप मेयर जोशीले निर्माणाधिन बाटो स्थलगत निरीक्षण गरी निर्माण व्यवसायीलार्इृ छिटो भन्दा छिटो काम गर्न निर्देशन दिइन् । ‘जनतालाई समस्या हुनु भएन, बाटो छिटो छिटो बनाउनु प¥यो’ उनले भनिन् ।
निर्माण व्यवसायीले ठेक्का सम्झौता गरेपछि ढिलो काम सुरु गर्दा असारमा काम नसकिएको स्थानीय बताउँछन् । निर्माण व्यवसायीले पहाडी जिल्लाको अर्को काममा भएकाले ढिलो काम सुरु गरिएको बताएको उनीहरु बताउँछन् । भीनपा ३ का वडा अध्यक्ष धामीले पनि ढिलो काम सुरु गरिएकाले पूरा नभएको बताउँछन् ।

‘यो बाटोको ठेक्का भएपछि मौखिक जानकारी दिइएको थियो, त्यस अनुसार यसको काम समयमा सुरु हुन सकेन’ उनले भने,‘समयमा काम सुरु नभएर निर्माण कार्य ढिलो भो ।’

वडा अध्यक्ष धामीले बाटो निर्माणका लागि स्थानीयले रात दिन आफूलाई दबाव दिँदै आएको बताए । ‘यो बाटो वडा र नगरपालिकाको बजेटमा बन्न लागेको होइन, वडालाई ठेक्का भएपछि मात्रै जानकारी दिइयो, त्यो पनि मौखिक रुपमा मात्रै’ उनले भने,‘जनतालाई समस्या भो, रात दिन भन्नु हुन्छ, मैले पनि सहरी कार्यालयलाई बारम्बार आग्रह गर्दै आएको छु ।’

वडा अध्यक्ष धामीले सहरी विकास कार्यालयका प्रमुखले पछिल्लो पटक आफ्नो फोन रिसिभ गर्न छाडेको गुनासो गरे । ‘तपाई पत्रकारहरुसित म पनि केही गुनासो गर्छु, त्यो सहरी विकासका हाकिमसम्म पुग्ने गरी छापि दिनु होला, वहाँले म वडा अध्यक्षको फोन समेत उठाउनु हुन्न ।’

वडा अध्यक्ष धामीले बाटो निर्माणमा निर्माण व्यवसायीको सबैभन्दा ठूलो कमजोरी भएको बताए । स्थानीयका अनुुसार वडा सदस्य मिना कुँबर बाटो बनाउन स्थानीयलाई साथ दिर्दै आएकी छन् । स्थानीय पाण्डेय भन्छन्,‘यसमा मिना बहिनी रात दिनु लाग्नु भाको छ, अरु त कोही नि आएका छैनन् ।’

वडा सदस्य कुँबर जागृति टोलकी वासिन्दा हुन् । उनले ठेकेदारले ग्राभेल नहाल्दा बाटोमा हिँडडुल गर्न समस्या भएको बताइन् । ‘ग्राभेल हालेर सम्याई दिनु पर्ने हो’ उनले भनिन्,‘यो नगरेर समस्या भो ।’

स्थानीयले मंगलबार निर्माण व्यवसायीलाई काम गर्न अवरोध गरेका छन् । उनीहरुले सवारी चाबी थुतेर काम बन्द गराएका छन् ।

किशोर कन्स्ट्रक्सनका प्रतिनिधि दिपेन्द्र बहादुर विष्टले भने गल्ली नं. ६ मा ट्रिपर बाटोमा धसिएपछि ग्राभेल हाल्न नसकिएको बताए । ‘यो गल्लीमा ट्रिपर धसिएपछि गाभेल हाल्न सकिएन’ उनले भने,‘काम त सबैमा भाको छ, नाली बनेका छन्, ग्राभेल हालिएको छ, बाँकी काम गर्दैछौ ।’

सहरी मन्त्रालयले टोलको गल्ली नं. ६ र १० मा नाली र गाभेल सहित बाटो बनाउन बजेट दिएको थियो । नेकपा एकीकृत समाजवादीका तत्कालिन साँसद बिना बुढाथोकीले तत्कालिन मन्त्री रामकुमारी झाक्रीसित पहल गरी बजेट ल्याएको स्थानीय बताउँछन् । दुई टोलका लागि आएको बजेट थप दुई टोललाई पुग्ने गरी ठेक्का गरी सम्झौता गरिएको थियो । स्थानीयले माग गरेपछि थप दुई टोलमा पनि नाली र बाटो बनाउन थालिएको हो ।

‘यो दुई टोलमा सडक बनाउन आएको बजेट हो, त्यसलाई चार टोलमा लगेर बनाउनु परेको छ, निर्माण व्यवसायीका प्रतिनिधि विष्टले भने,‘कार्यालयले भने अनुसार हामीले काम गर्ने हो, काम गर्न पनि सजिलो छैन, धेरै नै अवरोध सह्यौ ।’

जागृति टोलका अध्यक्ष हरि प्रसाद भट्ट साँसद ठेक्का सम्झौता अनुसार बाटो निर्माण हुनु पर्ने बताउँछन् । ‘टोल वासिन्दालाई दुःख दिने काम गर्नु भएन’ उनले भने,‘सम्झौता अनुसार काम हुनु पर्छ ।’

 

Himal dental
सम्बन्धित
Loading...