ghar sansar

क्यासिनोका लागि ग्राभेलिङ्ग फाल्दै गरेका भीमदत्तका सवारी साधन युवा संघको नियन्त्रणमा

khasi

महेन्द्रनगर । भीमदत्त नगरपालिकाले व्यक्तिगत फाइदाका लागि सवारी साधनबाट ग्राभेलिङ्ग गरेको भन्दै राष्ट्रिय युवा संघले सवारी साधन नियन्त्रणमा लिएको छ । भीमदत्त नगरपालिका ५ वनखेतस्थित डायमण्ड होटलका क्यासिनोका लागि ग्राभेलिङ्ग फालि रहेको अवस्थामा ती सवारी नियन्त्रणमा लिइएको हो ।

राष्ट्रिय संघ कञ्चनपुरका सयोजक दिनेश विष्टले सरकारी सम्पत्तीलार्ई व्यक्तिको निजी व्यवसायिक कामका प्रयोग गरेपछि तीन टिप्परका चाबी नियन्त्रणमा लिइएको बताए ।

dirghayi clinic

‘भीमदत्त नगरपालिका जनताको घरजाने सडक बनाउन आलटाल गर्छ, ‘उनले भने, ‘यसरी निजी व्यवसायिक कामका लागि होटलका संचालकलाई दिन्छ ।’

सरकारी सवारी साधन व्यवसुायीलाई दिएपछी नियन्त्रणमा लिएको उनले बताए । ‘खोला नाला बन्द भएपछि खोलाबाट ग्राभिल ल्याईरहेका छन, डाईमण्ड होटलले खर्च बेहोरेको छ । ‘उनले भने, ‘यतिसम्म किन ? गैर कानुनी काम भयो ।’ भीमदत्त नगरपालिकाले उक्त सडक सरकारी सडक भएकाले स्तरबृद्धि गर्न खोजिएको जनाएको छ ।

भीमदत्त नगरपालिकाले अहिले खोला नाला बन्द भएको अवस्थमा दैनिक रुपमा ग्राभेलिङ्ग फाल्दै आएको छ । बर्खा याम सुरु भएपछि असारदेखि असोजसम्म खोलाबाट नदीजन्य पदार्थ उत्खन्न बन्द हुँदै आएको छ ।

Himal dental
सम्बन्धित
Loading...