ghar sansar

घटाल दृष्टि मार्केटिङ्गबाट दुई जना सहित १५ लाख बढी मूल्यका अवैध लत्ता कपडा बरामद

khasi

महेन्द्रनगर । भीमदत्त नगरपालिका ६ स्थित घटाल दृष्टि मार्केटिङ्गबाट दुई जना सहित १५ लाख बढी रुपैँयाको अवैध लत्ता कपडा बरामद गरिएको छ ।

dirghayi clinic

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको प्रहरी टोलीले शुक्रबार भानुपार्टी प्यालेश नजिक गोदाममा छापा हानेर १५ लाख ५७ मूल्य बराबरको कुर्ता सुरुवाल,मखमल सुट, पेटिकोटको कपडा,मेक्सी कपडा,सुतीको धोती,गम्छा(तौलिया) ,सर्टको कपडा,पाईन्ट सर्ट कपडा, रातो सेतो सारी लगायत बिभिन्न किसिमका लत्ता कपडा बरामद गरिएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले पक्राउ गरिएका दुई र लत्ता कपडा सहित समान भन्सार कार्यालय गड्डाचौकीमा बुझाइएको जानकारी दिए ।

Himal dental
सम्बन्धित
Loading...