ghar sansar

पुनर्वासबाट ब्राउन सुगर सहित सशस्त्र प्रहरी जवान पक्राउ

महेन्द्रनगर । कञ्चनपुरको पुनर्वास क्षेत्रबाट लागु औषध सहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा एक जना सशस्त्र प्रहरी रहेको खुलेको छ ।

प्रहरीको प्रदेश अनुसन्धान समूह (आरआइटी) ले पुनर्वास नगरपालिका–१० दोदा पुलबाट कैलालीको धनगढी उपमहानगरपालिका–३ का २८ वर्षीय प्रदिप पाख्रीन र सोही ठाउँका ३२ वर्षीय विकल मगरलाई पक्राउ गरेको हो । उनीहरुमा पाख्रिन दार्चुलामा कार्यरत सशस्त्र प्रहरी जवान भएको खुलेको छ ।

उनीहरु सवार सुपप्र ०२००३ प ६४३१ नम्बरको मोटरसाइकल जाँच गर्दा १.२ ग्राम लागुऔषध (ब्राउन सुगर) फेला परेको प्रहरीले बताएको छ ।

Himal dental
सम्बन्धित
Loading...