ghar sansar

रमेश लेखक भन्छन्–जन चाहना अनुसार समृद्धि र विकासका लागि काँग्रेस अघि बढ्छ

little buddha academy
khasi

महेन्द्रनगर । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले नेपाली कांग्रेसलाई मुलुक र जनताको हितमा काम गर्नुपर्ने जिम्मेवारी आएको बताएका छन्। कांग्रेस भीमदत्त नगर समितिको सम्मेलन उद्घाटनका क्रममा उनले जनचाहना अनुसारको विकास र समृद्धिका लागि कांग्रेस अघि बढेको बताए ।

‘देश र जनताको हितमा काम गर्नुपर्ने जिम्मेवारी छ, त्यसका लागि कांग्रेस प्रत्येक ठाउँमा सुदृढ हुन जरुरी छ’, उनले भने, ‘केन्द्रीय कार्यसमिति मात्रै सुदृढ भएर होइन, गाउँ–टोलमा पनि कांग्रेस सुदृढ हुन जरुरी छ ।’
कांग्रेस सुदृढ गर्नकै लागि कांग्रेसले देशभर पालिका स्तरमा सम्मेलन गरिरहेको उनको भनाइ थियो ।

,orning glory badhai
dirghayi clinic

नेपाली कांग्रेस कुनै कारणले कमजोर हुनुपर्ने अवस्था नभएको बताउँदै उनले मुलुकमा ठूला परिवर्तन र ऐतिहासिक काम कांग्रेसकै नेतृत्वमा भएको स्मरण गराए ।

‘दश वर्षे सशस्त्र द्वन्द्वमा जनजीवन अस्तव्यस्त भएका बेला कांग्रेसले वार्ता, संवाद र सहमतिका माध्यमबाट शान्ति ल्यायो’, उनले भने, ‘मुलुकमा आवश्यकता परेका बेला संविधान पनि कांग्रेसकै नेतृत्वमा आएको थियो ।’

उनले कञ्चनपुरमा नेपाल–भारत त्रिदेशीय नाका, दोधारा चाँदनी सुक्खा बन्दरगाह, महाकाली करिडोर र मझगाउँ विमानस्थल निर्माणको काम अघि बढेको बताए ।

‘विसं २०७४ मा कांग्रेस हार्दा यहाँ महाकाली करिडोरमा पर्ने रुख कटानको निर्णय समेत हुन सकेन’, उनले भने, ‘यहाँ अल्झिएका हरेक विकासका काम त्यो बेला अघि बढ्न सकेनन् ।’

Himal dental
सम्बन्धित
Loading...