ghar sansar

काँग्रेस विना विकास र परिवर्तन परिकल्पना गर्न सकिँदैन : रमेश लेखक

महेन्द्रनगर । नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा संसदिय दलका प्रमुख सचेतक रमेश लेखकले नेपाली कांग्रेस बिना बिकास र परिबर्तनको परिकल्पना गर्न नसकिने बताएका छन ।

शनिबार नेपाली कांग्रेस भीमदत्तनगर नगर कार्यसमितिको प्रथम नगर सम्मेलनलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । बिगतमा नेपाली कांग्रेस पराजित हँुदा विकास र समृद्धि समेत पराजित भएको नेता लेखकले बताए ।

lotus institite

विगतका हरेक परिबर्तन नेपाली कांग्रेसको नेतृत्वमा संम्भब भएको उनको भनाई छ । शान्ति प्रकृया, संबिधान लेखन र संविधानको सफल कार्यान्वयन काँग्रेसको नेतृत्वमा मात्रै सम्भब भएको उनले उल्लेख गरे ।

देशमा नेपाली कांग्रेस त्यो पार्टी हो जो ब्यबस्था परिबर्तन हुदाँ पनि पहिलो पार्टिको रुपमा उभिएको पहिलो पार्टी हो , उनले भने,“ संसारमा त्यस्ता उदाहरण बिरलै देखिन्छन ।”

daimond public

नेपाली कांग्रेसको नेतृत्वमा सासकिय पद्धतिमा आमुल परिबर्तन गरेको उनले बताए । नेपाली कांग्रेसले हरेक समय र परिस्थितिमा बिजय हासिल गरेर कालजयि पार्टि भएको समेत उनको दाबि छ ।

बर्खाको भेलले सबै खोला र नालाहरु महाकाली नदीजस्तै देखिए पनि जिबन्त महाकालि नदी हुन नसक्ने समेत कांग्रेस नेता लेखकले बताए ।

पार्टिमा आबद्ध नेता कार्यकर्तालाई सानो मन नबनाउन समेत उनले आग्रह गरेका छन । अहिले कञ्चनपुर निर्बाचन क्षेत्र नम्बर ३ मा अगाडि बढेका ठुला योजनाहरु कञ्चनपुरको बिकास, भिमदत्त र दोधराचाँदनिको बिकासको लागि मात्रै होईन, उनले भने, “सुदुरपश्चिम प्रदेश र देशकै बिकास र समृद्धिको लागि हो, यसको स्वामित्व नेपाली कांग्रेसलाई जान्छ ।”

आर्थिक ,पर्यटन, उद्योगका ठुला गतिबिधि सञ्चालन बिना समृद्धि संम्भब नभएको उनले बताए । कञ्चनपुरको समृद्धिका लागि त्रिदेशिय नाकाका रुपमा महाकाली करिडोर, सुख्खा बन्दरगाह, महाकालीमा चारलेनको पक्कीपुल निर्माण भईसकेपछि कञ्चनपुरको बिकास र समृद्धिको लागि कोसेढुङगा साबित हुने र तिन देशको आवतजावतको केन्द्र बिन्दु कञ्चनपुर बन्ने उनले बताए ।

कञ्चनपुरमा एयरपोर्ट सञ्चालनमा देखिएका समस्याहरु सुल्झाएर काम अगाडि बढाईएको उनको भनाई छ । बिधुतका समस्या समाधान, निकुञ्जका समस्या समाधान, महाकाली अस्पतालको सुधार लगायतका अन्य महत्वपुर्ण बिकासका कामहरु अगाडि बढाउने नेता लेखकले उल्लेख गरेका छन् ।

उनले कञ्चनपुरको बिकास र समृद्धिको लागि आफुले राजनिति गरीरहेको बताए । तिन तहका सरकारका बिचमा बिकास र समृद्धिका लागि समुन्वय हुनु आबश्यक रहेको कांग्रेस नेता लेखकले बताएका छन ।

Himal dental
सम्बन्धित
Loading...