ghar sansar

होली फेमली मावि बन्यो सुदूरपश्चिममै उत्कृष्ठ शैक्षिक संस्था, उत्कृष्ठ शैक्षिक संस्था सम्मान २०८० प्रदान

khasi

महेन्द्रनगर । भीमदत्त नगरपालिका १० तिल्केनीस्थित होली फेमली इङ्गलिश मिडियम माध्यमिक विद्यालयले उत्कृष्ठ शैक्षिक संस्था सम्मान २०८० बाट सम्मानित भएको छ ।

चन्द्रलोक प्रतिष्ठान काठमाडौंले पर्यटन बोर्डको सभा कक्षमा गरेको कार्यक्रममा गुणस्तरीय, प्रविधियुक्त शिक्षा र दक्ष शैक्षिक जनशक्ति उत्पादन गरी शैक्षिक क्षेत्रमा महत्वपूर्ण योगदान पुगाएको भन्दै सम्मान प्रदान गरेको छ ।

शिक्षा विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला कुमारीको प्रमुख आतिथ्यमा गरिएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक खडक सिह विष्टलाई उत्कृष्ठ शैक्षिक संस्था सम्मान पत्र प्रदान गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि राज्यमन्त्री र प्रतिष्ठानका अध्यक्ष सीताराम कार्कीले संयुक्त रुपमा प्रधानाध्यापक विष्टलाई सम्मान पत्र प्रदान गरे ।

dirghayi clinic

‘नेपालको गुणस्तरीय शिक्षामा सुदूरपश्चिम प्रदेशको उत्कृष्ठ शैक्षिक संस्था बन्न सफल भएको छ, साथै प्रविधिमैत्री, प्रतिस्पर्धी र क्षमतावान शैक्षिक जनशक्ति उत्पादनमा त्यस संस्थाले अतुलनीय योगदान गर्दै आई रहेको छ’ विद्यालयलाई प्रदान गरिएको सम्मान पत्रमा भनिएको छ,‘भौतिक पूर्वाधार, प्राविधिक, व्यवस्थापन तथा गुणात्मक शिक्षाको संयोजनबाट प्रदेश स्तरमा उत्कृष्ठ शैक्षिक संस्थाको रुपमा आफूलाई स्थापित गर्न सफल त्यस संस्थाले आगामी दिनमा प्रतिस्पर्धी, शिक्षाको विकासका साथै देशभक्त, आदर्शवान र नैतिकवान शैक्षिक जनशक्ति उत्पादनमा निरन्तर अग्रणी भूमिका निर्वाह गर्न सफल रहोस भन्ने कामना गर्दै चन्द्रलोक प्रतिष्ठानको तर्फबाट उत्कृष्ठ शैक्षिक संस्था सम्मान २०८० प्रदान गरिएको छ ।’

होली फेमलीका संस्थापक चेयरमेन भुपाल सिह विष्टले उत्कृष्ठ शैक्षिक संस्था सम्मानले गुणस्तरीय शिक्षा प्रदान गरी दक्ष जनशक्ति उत्पादन गर्ने कार्यका लागि थप हौसला मिलेको बताए । उनले विद्यालयलाई उत्कृष्ठ शैक्षिक गन्तव्य बनाउन सहयोग गर्ने विद्यालयका प्रधानाध्यापक, सह प्रधानाध्यापक, शिक्षक कर्मचारी, अभिभावक, विद्यार्थी र शुभचिन्तक सबैमा आभार सहित धन्यवाद दिएका छन् ।

२०५७ मा स्थापना गरिएको होली फेमलीले शैक्षिक गतिविधि बाहेक खेलकूद र विभिन्न सामाजिक कार्य गर्दै आएको छ । 

 

 

Himal dental
सम्बन्धित
Loading...