ghar sansar

बझाङ्गमा दलितको निर्माणाधिन घर भत्काउनेलाई कारवाही माग

महेन्द्रनगर । नेपाल दलित मुक्ति संगठन कञ्चनपुरले बझाङ्गमा दलित समुदायको निर्माणाधिन घर जातीय रुपमा अपमानित हुने गरी भत्काएको घट्नाको निन्दा गर्दै संलग्नलाई कानुनी कारवाही गर्न माग गरेको छ ।

संगठनका जिल्ला अध्यक्ष मदन सेरालाले विज्ञप्ति प्रकाशित गरी घट्नाले लोकतान्त्रिक गणतन्त्रलाई चुनौती दिएको उल्लेख गर्दै घट्नाको भत्र्सना गरका छन् ।

पाँच दिन अघि बझाङ्गको बित्थड चिर गाउँपालिका ७ स्थित स्याल ढुङ्गाका स्थानीय गैर दलितले पुटके ओखेडाको निर्माणाधिन घर भत्काएका थिए । उनीहरुमध्ये तीन जना पक्राउ गरी अनुसन्धान थालिएको छ ।

संगठनका अध्यक्ष सेरालाले सार्वजनिक विज्ञप्तिमा पीडित परिवारवाई क्षतिपूर्तिको माग गरिएको छ ।

Himal dental
सम्बन्धित
Loading...