ghar sansar

काम नभएको योजनाको भुक्तानीका लागि सिफारिश गरिएको भन्दै वडा कार्यालयमा तालाबन्दी

little buddha academy
khasi

महेन्द्रनगर । भीमदत्त नगरपालिका ८ का वासिन्दाले काम नभएको योजनाको भुक्तानीका लागि सिफारिश गरिएको भन्दै वडा कार्यालयमा तालाबन्दी गरेका छन् । वडा कार्यालयमा भुक्तानीसंग सम्बन्धित सूचनाका लागि सोमबार विहान निवेदन दिएका उनीहरुले दिउँसो कार्यालयमा तालाबन्दी गरेका हुन् ।

वडा अध्यक्ष मदनराज मिश्राले स्यालो टयुबेल (बोरिङ्ग) जडान नगरेका चार कृषक समूहलाई भुक्तानीका लागि कृषि ज्ञान केन्द्रमा सिफारिश गरेको आरोप उनीहरुले लगाएका छन् । स्थानीयले वडा कार्यालयसित बोरिङ्ग जडान सम्बन्धिका सबै जानकारी माग गरी निवेदन दिएका छन् ।

,orning glory badhai

कृषि ज्ञान केन्द्रले गत आर्थिक वर्षमा बोरिङ्ग जडानका लागि भीनपा ८ का चार कृषक समूहलाई छनौट गरेको थियो । ती चार समूहलाई ११ बोरिङ्ग खरिदका लागि एक लाखका दरले अनुदान दिन सम्झौता गरिएको थियो ।

कृषि ज्ञान केन्द्रको अनुगमन टोलीले बोरिङ्ग जडान नभएको पाएपछि भुक्तानी रोकिएको छ । वडा अध्यक्ष मिश्राले अध्ययन नगरी हचुवामा भुक्तानीका लागि सिफारिश गरिएको भन्दै स्थानीय आक्रोश भएका छन् ।

dirghayi clinic

भीमदत्त नगरपालिका ८ का निवर्तमान वडा अध्यक्ष ध्वज बहादुर विष्टले वडा अध्यक्षले अध्ययन र अनुगन नगरी भुक्तानी दिएको बताए । ‘काम केही भएको छैन, त्यसको भुक्तानीका लागि सिफारिश दिनु पर्ने थिएन, त्यो अनुगमन नगरी सिफारिश दिँदा यस्तो भयो’ उनले भने,‘यो गलत काम हो, वडा अध्यक्षले यसरी गर्नु पाउनु हुन्न ।’

निवर्तमान वडा अध्यक्ष विष्टको अगुवाईमा वडा कार्यालयमा तालाबन्दी गरिएको छ । तालाबन्दीमा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टीका नेता कार्यकर्ता र स्थानीय सहभागी भएका छन् ।

तालाबन्दी अघि स्थानीयले वडा अध्यक्ष मिश्रासित भुक्तानी सहित वडाको विकास निर्माण लगायतका विभिन्न विषयमा छलफल गरे ।

वडा अध्यक्ष मिश्राले कृषक समूहबाट आएको निवेदनका आधारमा आफूले नियानुसार भुक्तानीका लागि सम्बन्धित कार्यालयमा सिफारिश गरेको बताए ।

‘यो वडाको योजना होइन, कृषि ज्ञान केन्द्रको हो, भुक्तानीका लागि समूह आएपछि सिफारिश गरिएको छ’ उनले भने,‘त्यसमा नियमानुसार भनिएको छ, भुक्तानी दिने नदिने कार्य त सम्बन्धित कार्यालयको हो ।’

 

Himal dental
सम्बन्धित
Loading...