ghar sansar

गरीब सोनापुर बस्ती : कस्तो थियो, बन्दैछ यस्तो

little buddha academy
khasi

डिल्लीराज पन्त
महेन्द्रनगर । भीमदत्त नगरपालिका १३ , सोनापुर नमुना वस्तीका रुपमा चिनिन थालेको छ । भीनपा १३ का वडा अध्यक्ष रामचन्द्र बोहरा (झक्कास)को विशेष पहलमा विगत चार दशक देखि खर फुसका झुपडीमा वस्दै आएका १८ घर परिवारका कच्ची घर विस्थापित गरी नगरकै नमुना वस्ती वन्ने भएको हो ।

चार दशकदेखि १८ घर परिवार रहेका भीमदत्त नगरपालिका – १३ को सोनापुर बस्तीका कच्ची घरहरुलाई विस्थापित गरी वडा अध्यक्ष रामचन्द्र बोहरा(झक्कास)को पहलमा मा नमुना वस्ती वन्ने भएको छ । एक घर निर्माण गर्न ३ लाखको अनुमानित बजेटमा २ कोठा १ भान्सा र १ बरण्डा सहितको पक्की घर बन्न लागेका हुन् ।

,orning glory badhai

वडामै सवैभन्दा पिछडिएको वस्तीका रुपमा परिचित सोनापुर टोलमा अधिकांश दलित समुदायको बाहुल्यता रहेको छ । वडा अध्यक्ष झक्कासले आफु स्वतन्त्रबाट निर्वाचनमा भए पश्चात वडाका विभिन्न समस्यामा वडा कार्य समितिकै सुझाव र सल्लाह अनुसार पहल थाल्ने गरेको बताए ।

dirghayi clinic

उनले विगत लामो समय देखि पिछडिएको सोनापुर टोलका नागरिकको घर परिवारकै दयनीय अवस्था र आर्थिक अवस्था कमजोर भएका कारण वर्षौ देखि झुपडिमै वस्न बाध्य भएकाले विभिन्न संघ सस्था, सामाजिक व्यक्तित्व तथा समाजिक अभियंतावाट सहयोग अपील गरी वस्तीलाई नगरकै नमुना बस्ती बनाउने पहल थालेको बताए ।

सो वस्ती मा दैनिक गुजारा गर्न पुरुषहरु भारतिय शहरमा मजदुरी गर्न जाने गर्दछन भने महिला महाकाली नदिमा गिट्टी बालुवा छानेर गर्ने गरेका छन । सोनापुर टोलमा वस्ने १८ घर परिवारको जग्गा समेत ऐलानी भएको र उनीहरुलाई सरकारले सेतो लालपुर्जा मात्रै दिएको छ । खान लाउन राम्रो नपुगेपनी वासका लागी वडा अध्यक्ष को पहलमा पक्की घर बन्ने भए संगै आफुहरु राम्रो संग वस्न र सुत्न पाईने भन्दै खुसी व्यक्त गरेका छन ।

हाल १८ वटा पक्की घर नमुना बस्तीका रुपमा निर्माण गरिने र त्यस पछि भिमदत्त नगरपालिका —१३ भित्र रहेका थप १२ फुसका कच्ची घर विस्थापित गरी पक्की घर निर्मांण गर्ने वडा कार्यालयले जनाएको छ ।

घर निर्माणका लागी सिमेन्टका व्लोक समेत सोहि स्थानमा उत्पादन गर्न सुदृढ परियोजना अन्र्तगत एनएनएस डब्लु ए र महाकाली युवा उद्यम कृषि समुको को आर्थिक सहयोगमा ईन्टरलक ईटा व्यवसय समेत स्थापना गरिएको छ । जसमा सोहि टोलका युवाहरुले रोजगारी समेत पाएका ले यस्तो सह्रायिन कार्य का लागी वडाकार्यालय लागी परेको प्रगति युवा स्वराजगार समितिका अध्यक्ष शंकर सुनारले वताए ।

Himal dental
सम्बन्धित
Loading...