ghar sansar

यतिसम्म हचुवा तालमा आएको रहेछ प्रदेश सरकारको बजेट

वडामै नभएको सहकारीको भवनका लागि २५ लाख, अर्को वडामा गएपछि वडा अध्यक्ष स्थानीयको निशानामा

dirghayu ad

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेश सरकारले हचुवामा गरेको बजेट विनियोजनले जनप्रतिनिधिलाई टाउको दुखाई भएको छ । प्रदेश सरकारले गत आर्थिक वर्षमा सहकारीको भवन निर्माणका लागि छुट्याएको बजेटले भीमदत्त नगरपालिका ८ मा लफडा मच्चिएको छ ।

भीमदत्त नगरपालिका ८ को पूर्णिमा कृषि सहकारी संस्थाको भवन निर्माणका लागि छुट्याएको बजेट अर्को वडामा गएपछि अहिल वडा अध्यक्ष मदनराज मिश्रा स्थानीयको निशानामा परेका छन् । आफ्नो वडामा आएको बजेट रोक्न नसकेको भन्दै स्थानीय उनीसित असन्तुष्टि पोख्न थालेका छन् ।

ratnam malkhad

प्रदेश सरकारले वडा नं. ८ मा नभएको पूर्णिमा कृषि सहकारी संस्थाको भवन बनाउन गत आर्थिक वर्षमा २५ लाख बजेट छुट्याएको थियो । प्रदेश सरकारको रातो किताबमा समावेश गरिएको भवन निर्माण योजना वडामा सहकारी नभेटिएपछि केही महिना अघि वडा नं. ६ मा सारिएको थियो । वडा अध्यक्ष मिश्राले पूर्णिमा कृषि सहकारी संस्था आफ्नो वडामा नभएको जानकारी पत्र बनाई दिएका थिए ।

भीमदत्त नगरपालिका ८ का निवर्तमान वडा अध्यक्ष ध्वज बहादुर विष्टले वडा अध्यक्षले वडा अध्यक्षको कमजोरीले वडामा आएको बजेट अन्य वडामा गएको बताए । ‘प्रदेश सरकारले यो वडाका लागि भनेर तोकेर आएको बजेट वडा अध्यक्षज्यूले रोक्नु सक्नु पथ्र्यो, वहाँले सक्नु भएन’ उनले भने,‘यो वडामा सहकारी नभए पनि त्यो बजेट अन्य शीर्षकमा हालेर पनि रोक्का गर्न सकिन्थ्यो ।’

भीनपा ८ बाट बजेट अन्यत्र गएपछि स्थानीयले त्यसलाई रोक्न प्रदेश सरकारका तत्कालिन आर्थिक मामिला मन्त्री प्रकाश रावलसम्म हारगुहार गुहार गरेका थिए । तत्कालिन मन्त्री रावलले उनीहरुलाई फेरि बजेट विनियोजन गर्ने आश्वासन दिएका थिए । उनले अहिले आफू मन्त्री नभएकाले बजेट छुट्याउन नसकेको जवाफ दिएको स्थानीयले बताए ।

‘यो बजेट ६ नम्बरमा गएपछि रावलज्यूलाई भेृट्दा वहाँले मिस्टेक भएको रहेछ, अर्को वर्ष छुट्याउँछु भनेर आश्वासन दिनु भयो’ स्थानीयले भने,‘अहिले त म मन्त्री भएन, बजेट छुट्याउन सकेन भन्नु हुन्छ ।’

भीनपा ८ का वडा अध्यक्ष मिश्राले वडामा सहकारी संस्था नभेटिएपछि वडा नं. ६ मा बजेट लगिएको बताए । ‘हाम्रो वडाको सहकारीका लागि बजेट छुट्याइएको थियो, त्यो सहकारी यो वडामा नभएर ६ मा रहेछ, त्यसपछि बजेट ६ नम्बरमा नै गयो’ वडा अध्यक्ष मिश्राले भने ।

Himal dental
सम्बन्धित
Loading...