खैरभट्टीको लक्ष्मी माविमा जेहेन्दार र गरीब विद्यार्थीका लागि अक्षय कोष स्थापना

महेन्द्रनगर । भीमदत्त नगरपालिका–१५ खैरभट्टीस्थित लक्ष्मी माध्यमिक विद्यालयमा स्थानीयले छात्रबृत्ति अक्षय कोष स्थापना गरेका छन् । भीनपा १८ का अमर सिंह भण्डारी, गणेश सिंह भण्डारी र राम सिंह भण्डारीले स्वर्गिय बुवा हरी सिंह भण्डारी र आमा बेसरा देवी भण्डारीको स्मृतिमा छात्रबृत्ति कोष स्थापना गरेका हुन् ।

विद्यालयमा अध्ययनरत अनाथ, अशक्त, गरीब, दलित तथा जेहेन्दार विद्यार्थीलाई अध्ययनमा सहयोग र छात्रबृत्तिका लागि ५१ हजार रुपैँयाको अक्षय कोष स्थापना गरिएको छ ।

भण्डारी परिवारले अक्षय कोष्को रकम विद्यालयका व्यवस्थापन समिति अध्यक्ष बिरेन्द्र सिह साउँद र प्रधानाध्यापक प्रकाश चन्दलाई हस्तान्तरण गरेका छन् ।

सम्बन्धित
Loading...