सेनामा जागिर लगाई दिने भन्दै रकम अशुल्ने ८ जना पक्राउ

महेन्द्रनगर । नेपाली सेनामा जागिर लगाउँछु भन्दै सर्वसाधारणबाट रकम असुली गर्ने आठजनालाई प्रहरीले पक्राउ गरेको छ । सेनामा जागिर लगाउने भन्दै १४ लाख ९५ हजार रुपैयाँ ठगी गरेको भन्दै उनीलाई पक्राउ गरेको हो ।

सात जनाबाट विभिन्न समयमा ’आर्मी बनाउँछु’ भनी ठगीमा संलग्न आठ जनालाई प्रहरीले पक्राउ गरी अनुसन्धान चलाएको दार्चुला प्रहरी प्रमुख डिएसपी तर्कराज पाण्डेयले बताएका छन् ।

पक्राउ पर्नेमा महाकाली नगरपालिका–३ बाजका २७ वर्षीय नरेन्द्रसिंह महर र २१ वर्षीय ईश्वर महर, वर्षीय ४४ का बिशनसिंह नगाल, वर्षीय २७ को रमेशसिंह महर, ३० वर्षीय देवसिंह महर र ३८ वर्षीय रुकुमसिंह महर, मालिकार्जुन गाउँपालिका–३ का ५१ वर्षीय श्यामसिंह धामी र कैलालीको गोदावरी नगरपालिका–३ कालिकाटोलका ३४ वर्षीय शंकर भूल छन् ।

मालिकार्जुन गाउँपालिका–३ का श्यामसिंह धामी लगायतका सात जनाबाट १४ लाख ९५ हजार रुपैयाँ ठगी गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको डिएसपी पाण्डेयले बताएका छन् ।

उनका अनुसार नरेन्द्र सिंहले आफू नेपाली सेनाको देवीदल गण अत्तरियामा कार्यरत रहेको र सेनामा भर्ना गरिदिने भन्दै ठगी गरेको अनुसन्धानबाट खुल्न आएको छ। रकम असुलेका व्यक्तिहरुलाई फाराम पनि भर्नु पर्दैन ।

सम्बन्धित
Loading...