ghar sansar

बोरिङ्गमा कृषक समूहको यस्तो बदमासी, पूराना बोरिङ्ग देखाएर ११ लाख झ्वाम पार्ने दाउ

महेन्द्रनगर । भीमदत्त नगरपालिका ८ चार कृषक समूहले सिँचाईका लागि बोरिङ्ग जडान नगरी भुक्तानी लिने प्रयास असफल भएको छ । कृषि ज्ञान केन्द्रको अनुगमन टोलीले काम नगरी पूराना बोरिङ्ग देखाएर भुक्तानी लिन खोजेको पाएपछि भुक्तानी रोकिएको हो ।

सुदूरपश्चिम प्रदेश सरकारले गत आर्थिक वर्षमा सिँचाई सुविधाका लागि चार समूहलाई उपलब्ध गराएको ११ स्यालो टयुबेल(बोरिङ्ग) का लागि बजेट विनियोजन गरेको थियो । भीनपा ८ का त्रिपुरा कृषक समूह, सिद्धनाथ कृषि समूह, भम्केनी कृषक समूह र ब्रह्म कृषक समूहले गत बैशाखमा प्रति एक लाख रुपैँयाका दरले बोरिङ्ग जडानका लागि कृषि ज्ञान केन्द्रसित सम्झौता गरिएको केही दिनपछि बिल भौचर लगायतका आवश्यक कागजात सहित कार्यालयमा फाइल पेश गरेका थिए ।

mantra hos123

कृषि ज्ञान केन्द्रले समूहको फाइलका आधारमा दुई पटक अनुगमन गर्दा बोरिङ्ग जडान नभएको पाइएको थियो । सुरुमा कृषि प्राविधिकले अनुगमन गर्दा बोरिङ्ग जडान भएको नाएपछि कृषि ज्ञान केन्द्रका निमित्त प्रमुख हरिदत्त जोशीको सहितले दोस्रो पटक अनुगमन गरेको थियो ।

कृषि ज्ञान केन्द्रका इन्जिनियर अनिता जोशीले दुई पटकको अनुगमनमा पूराना बोरिङ्ग देखाएपछि कार्यालयले भुक्तानीको प्रक्रिया अघि नबढाएको बताए । ‘सम्झौता भएको ८÷९ दिनपछि कार्यालयमा भुक्तानीका फाइल आएका थिए, मैले एक जना प्राविधिकलाई पठाए, पूरानो देखाए, अर्को पनि हेरे, पूरानो देखाएको रहेछ, त्यसपछि फर्केर आए’ उनले भनिन्,‘बिल अनुसार चेक गर्दा काम नभएको पाएपछि हाकिम साप सहित अनुगमन गयौ, २÷३ बोरिङ्ग हेर्दा कन्मर्फ भएर फर्कियौ ।’

कृषि ज्ञान केन्द्रको अनुगमनबाट पूरानो बोरिङ्ग देखाएर भुक्तानी लिन खोजेको निश्चित भएपछि थप प्रक्रिया अघि बढेको जोशीको भनाई छ । ‘काम नभएको कन्फर्म भएपछि भुक्तानीका अन्य प्रक्रिया अघि बढ्न सकेन’ उनले भनिन् ।

इन्जिनियर जोशीले समूहले आर्थिक वर्षको अन्तिममा आएर सम्झौता गर्नु र छिटो काम सम्पन्न भएर भुक्तानीका लागि निवेदन आएपछि आफूलाई शंका लागेको बताइन् ।

घाँडीघाँच क्षेत्रमा डिप बोरिङ्ग हाल्नु पर्ने समूहले कार्यालयसित सर्फेस स्यालो टयुबेल हाल्ने सम्झौता गरेको थियो । सम्झौतामा ४ इन्च जिआई पाइप र त्यसमा मोटर जडान गर्ने सम्झौतामा छ ।

अनुगमनका क्रममा कृषक समूहले देखाएको बोरिङ्गमा बाहिर ६ इन्च पूरानो पाइप भेटिएको र भित्र नयाँ पाइप हालेको जानकारी गराइएको थियो । सम्झौता अनुसार जिआई पाइप हालेको नपाएपछि आफूले समरसलेको कभर र बोरिङ्ग चलाउँदा निस्केको बालुवा देखाउन अनुरोध गर्दा समूह सदस्य पन्छिएका
थिए । कृषक समूहले देखाएका बोरिङ्ग यस अघि भीमदत्त नगरपालिकाले जडान गरेको स्थानीउ बताउँछन् ।

कृषि प्राविधिकले सम्झौता अनुसार काम नभएको बताएपछि समूहले सदस्यले प्राविधिकलाई गलत स्टिमेट गरेको भन्दै गुनासो गरेको उनीहरु बताउँछन् ।

कृषि ज्ञान केन्द्रसित १५ प्रतिशत समूहले व्यर्होन शर्तमा बोरिङ्ग जडानका लागि सम्झौता गरिएको थियो । ज्ञान केन्द्रतिस त्रिपुरा समूह ३, ब्रह्म कृषक एक, सिद्धनाथ ५ र भम्केनी कृषक समूह २ बोरिङ्ग जडानका लागि सम्झौता गरेका थिए । ती चार ओटै समूह गत वर्षमा फागुनमा भीमदत्त नगरपालिका कार्यालयमा दर्ता गरिएका छन् ।

बोरिङ्ग जडान नगरी भुक्तानी लिन खोजिएको बाहिर आएपछि स्थानीय विरोधमा उत्रिएका छन् । भीनपा ८ का वडा अध्यक्ष मदनराज मिश्राले भुक्तानीका लागि सिफारिश दिएको भन्दै स्थानीय उनसित आक्रोशित हुन पुगेका छन् । स्थानीयले भुक्तानी सिफारिश गरेको भन्दै वडा कार्यालयमा तालाबन्दी गरेका छन् । वडा अध्यक्ष मिश्राले गल्ती स्वीकार गरेपछि वडा कार्यालयको ताला खोलिएको छ ।

भीनपा ८ का स्थानीय खेमराज जोशीले काम नगरी पूरानो काम देखाएर भुक्तानी लिन अपराध भएको बताए । ‘यसरी भुक्तानी लिन खोज्ने सबैलाई कारवाही गर्नु पर्छ भन्ने माग हो’ उनले भने ।

Himal dental
सम्बन्धित
Loading...