प्रश्नपत्र निर्माणमा गम्भीर लापरवाही गरिएको भन्दै सुप विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयमा तालाबन्दी

महेन्द्रनगर । सुदूरपश्चिम विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले साउन १७ गतेदेखि सञ्चालन गरेको स्नातक तह छैठौ सेमेस्टर समाजशास्त्र विषयको प्रश्नपत्र त्रुटीपूर्ण रहेको भन्दै एकीकृत समाजवादी सम्बद्ध अनेरास्वसवयुले परीक्षा नियन्त्रण कार्यालयमा तालाबन्दी गरेको छ । अखिलले गत वर्ष लिइएको परीक्षाको प्रवेश पत्र हुबहु मिलेको भन्दै प्रश्न पत्र निर्माणमा गम्भीर गम्भीर रहेको भन्दै तालाबन्दी गरेको छ ।

अनेरास्ववियुका कञ्चनपुर इन्चार्ज रमेश पन्तले गत वर्ष वर्षको प्रश्नपत्रसंग यस वर्षको प्रश्नपत्र हुबहु मिल्नु गम्भीर लापरवाही भएकाले कार्यालयमा तालाबन्दी गरिएको छ । इन्चार्ज पन्तको नेतृत्वमा गरिएको तालाबन्दीमा अनेरास्ववियुका कञ्चनपुर संयोजक प्रज्वल कुँबर लगायतका नेता कार्यकर्ता सहभागी भएका छन् ।

इन्चार्ज पन्तले राजनीतिक आस्थाका आधारमा एकै शिक्षकलाई पटक पटक प्रश्न पत्र निर्माणको जिम्मेवारी दिएकलो समस्या देखिएको बताए ।

‘यस्ता गल्तीहरु बारम्बार दोहाृरिएका छन्, पटक पटक विद्यार्थीको प्रत्यक्ष भविष्यसँग जोडिएको विषयमा हेलचेक्राइँ नगर्न गरिएको अनुरोधलाई हासी मजाकका रुपमा लिने र विद्यार्थीले उठान गरेका जायज‌‌ मागलाई राजनीतिकरण गरी चोखिन खोज्ने र विद्यार्थीलाई आन्तरिक‌ मूल्याङ्कनको‌ धम्की दिई दबाउने प्रवृत्ति हाबी भएको छ । यस्ता गलत प्रवृत्तिका विरुद्ध अनेरास्ववियू शसक्त प्रतिवाद गर्न तयार रहेको छ’ उनले भने ।

अखिलले प्रश्न निर्माणको निष्पक्ष छानबिन गरी संलग्नलाई कारवाही गर्न माग गरेको छ । अखिलले परीक्षा नियन्त्रक र सह परीक्षा नियन्त्रकलाई नैतिकताका आधारमा राजनीतिमा गर्न माग गरेको छ ।

सम्बन्धित
Loading...