Sarsoti

बेदकोट ४ का वडा अध्यक्ष आफैंले गर्न थाले तटबन्ध निर्माणमा अवरोध, निर्माण कम्पनीका सवारी पुगाए प्रहरी कार्यालय

lotus institute

महेन्द्रनगर । बेदकोट नगरपालिका ४ का वडा अध्यक्ष नरेन्द्र बहादुर बोहराले बगुन खोलामा तटबन्ध निर्माणका लागि प्रयोग भई रहेको एमडी कन्स्ट्रक्सनका दुई सवारी साधन प्रहरी लगाएर नियन्त्रणमा लिएका छन् ।

महाकाली सिँचाई आयोजना अन्र्तगत बगुन खोलामा तटबन्ध निर्माणको कार्य चलि रहेका बेला शुक्रबार वडा अध्यक्ष बोहराले प्रहरीले निर्माण कम्पनीमा दुई ट्रयाक्टर प्रहरी कार्यालय पुगाएका छन् । प्रहरीले नियन्त्रणमा लिएका ती दुबै ट्रयाक्टर प्रहरी कार्यालयमा राखिएका छन् ।

morning glory
Mahendranagar

एमडी कन्स्ट्रक्सनका सञ्चालक अमर मल्लले वडा अध्यक्ष बोहराले प्रहरी बोलाएर ट्रयाक्टर नियन्त्रणमा लिन लगाएको बताए । ‘खोलामा तटबन्धको काम भई रहेको छ, अध्यक्षज्यूले खोलामा ट्रयाक्टर नहाल्नु भन्नु हुन्छ, आज काम भै रहेका बेला प्रहरी बोलाएर नियन्त्रणमा लिन लगाइएको छ ।’

वडा अध्यक्षले सवारी साधन प्रहरी कार्यालय पुगाएपछि कन्स्टक्सनका सञ्चालक मल्ल सहितले बेदकोटका मेयर भोजराज बोहरालाई भेटेका छन् ।

मेयर बोहराले तटबन्ध निर्माण कार्यलाई सहज बनाउन सहयोग गर्ने आश्वासन दिएको मल्लले बताए । ‘अध्यक्षले सहयोग गर्नु पर्ने हो, यहाँ उल्टै असहयोग भई रहेको छ, यस्तोमा काम गर्न सकिदैन भनेर मैले भने, यसरी समयमा काम सम्पन्न गर्न समस्या हुन्छ ’ उनले भने ।

एमडी कन्स्ट्रक्सनले असोजमा सक्ने गरी महाकाली सिँचाई तेस्रो चरणबाट डढ करोडमा तटबन्ध निर्माणको ठेक्का लिएको छ । वडा अध्यक्षले निर्माणमा अवरोध गरेपछि सम्झौता अनुसार काम गर्न नसकिने चिन्ता देखिएको उनले बताए ।

 

 

saark school
सम्बन्धित
Loading...