
महेन्द्रनगर । दोधारा चाँदनी नगरपालिकामा पहिलो पटक म्याराथन प्रतियोगिता आयोजना गरिएको छ । दोधारा चाँदनी नगरपालिकाको खेलकूद विकास समितिले आयोजना गरेको प्रतियोगिताको उपाधि किशोर सुनारले हात पारेका छन् ।
म्याराथन दौडमा सहभागी ३४ प्रतिस्पर्धीलाई पछि पार्दै उनले ३९ मिनेट ४२ सेकेन्डमा १० किलोमिटर दौड पूरा गरी प्रथम स्थान हासिल गरेका छन् ।
प्रतियोगितामा ४० मिनेट २८ सेकेण्ड निर्धारित दुरी पार गरी सुशिल ओली द्वितीय । जीवन सार मगर ४१ मिनेट १० सेकेण्डमा पार गरी तृतीय भएका छन् ।
म्याराथन दौडका प्रथम द्वितीय र तृतीयलाई क्रमशः नगद १५ हजार, १० हजार र ५ हजार पुरस्कार सहित प्रमाण पत्र प्रदान गरिएको छ ।
दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुले म्याराथन दौड प्रतियोगितामा अर्को पटक सबैलाइ समेटिने बताए ।
उनले नगरपालिकाले खेलकुदको विकासका दुई जना प्रक्रिया राखिने बताए । म्याराथन दौड प्रतियोगिताबाट युवालाई खेलकूद प्रतियोगितामा प्रेरणा मिलेको बुद्धिजीवि पदम बहादुर सिहले बताए । उनले नगरपालिकाले खेलकूदलाई प्राथकिता दिएर आगामी दिनमा प्रतियोगितालाई निरन्तरता दिनु पर्ने बताए ।
