ghar sansar

कृष्णपुरका कुबेर दमाईको हत्या आरोपमा भतिजा र भान्जा पक्राउ

महेन्द्रनगर । प्रहरीले कृष्णपुर नगरपालिका २ बाणी नव दुर्गा टोलका कुबेर दमाई(हले) को हत्यामा संलग्न भएको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । घरबाट वेपत्ता भएका चार दिनपछि साउन १८ गते दमाईको शव बन्द नदीको बगरमा गाडिएको अवस्थामा भेटिएको थियो ।

प्रहरीले दमाईको हत्या आरोपमा उनका भतिजा अजय दमाई र भान्जा हरिश दमाईलाई पक्राउ गरेको हो । प्रहरीले शव भेटिएपछि अनुसन्धानका नियन्त्रणमा लिएका अजय दमाई, हरिश दमाई र भरत दमाईबाट उनीहरु दुई जनाले हत्या गरेको खुलेको हो ।

lotus institite

प्रहरीले पक्राउ गरेका दुबै जनाले प्रारम्भिक रुपमा हत्या स्वीकार गरेका छन् । उनीहरु सबैले नदी बगरमा मादक पदार्थ सेवन गरेपछि घरायशी कुराकानीका क्रममा अजय र हरिशसित विवाद भएपछि उनीहरुले टाउको ढुङ्गा प्रहार गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।

daimond public

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले मदिरा सेवनपछि घरायशी कुराकानीको क्रममा बढेको विवादपछि हत्या भएर बगरमा शव गाडिएको देखिएको बताए ।

‘प्रारम्भिक सोधपुछ गर्दा मृतक कुवेर दमाई (हले) घरमा आमा बुवालाई दुःख हैरानी दिने, घरमा रहेका सामानहरु समेत बेचि मादक पदार्थ सेवन गर्ने समेत भएकोले मिति २०८०÷०४÷१५ गते राति अं. १०ः०० बजेको समयमा मृतक कुवेर दमाईको भतिज नाता पर्ने अजय दमाई र मृतकको भान्जा नाता पर्ने हरिश दमाई सोही विषयलाई लिई घरायशी कुराकानी लगायत मादक पदार्थ समेत सेवन गर्न भनि बन्द नदीको बगरमा गई मादक पदार्थ समेत सेवन गरी घरायसी कुरा गर्दै निज मृतकलाई सम्झाई बुझाई गर्ने क्रममा ऐ. गते अं. २३ः०० बजेको समयमा मृतकसँग अजय दमाई र हरिश दमाईको वादविवाद भएको खुल्न आएको छ’ जिल्ला प्रहरी कार्यालयले सार्वजनिक प्रेस विज्ञप्तिमा भनिएको छ,‘सोही विवादको क्रममा मृतक कुवेर दमाईलाई अजय दमाई र हरिश दमाईले हात,लात र सोही बगरमा रहेका ढुंगा समेतले टाउको, अनुहार समेतका शरिरका भागहरुमा हिर्काउदा कुवेर दमाईको घटनास्थलमा मृत्यु भएको हो, मृत्यु भए पश्चात कोही कसैले थाहा जानकारी नपाउन भनि निजको लास सोही स्थानमा खाडल खनि खाडलमा पुरी दिएको हो ।’

दमाईको शव भेटिएको बगर नजिक मृतक दमाईको दाहिने खुट्टाको कालो रंगको चप्पल र मृतकले लगाउने गरेको रातो सेतो कालो समेत रंगको चेक सर्ट फेला परेको थियो । शव भेटिएपछि इलाका प्रहरी कार्यालय झलारीले उनीहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको थियो ।

चार दिनदेखि वेपत्ता दमाईको खोजीका लागि उनको परिवारले प्रहरीमा समेत निवेदन दिएका थिए । स्थानीयले शव गाडिएको जस्तो देखिएको जानकारी दिएपछि प्रहरीले खोजतलास गर्दा दमाईको शव भेटिएको थियो । त्यसपछि प्रहरीले शंकास्पद देखिएका केहीलाई सोधपुछका लागि नियन्त्रणमा लिएको थियो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डाँगीले दुबै जनालाई हिरासतमा राखेर अनुसन्धान थालिएको जानकारी दिए ।

Himal dental
सम्बन्धित
Loading...