
महेन्द्रनगर । राष्ट्रिय युवा संघको भीमदत्त नगर कमिटी अध्यक्षमा महेश विष्ट चयन भएका छन् । एमाले पार्टी कार्यालय मदन आश्रित सदनमा शनिबार सम्पन्न नगर अधिवेशनबाट विष्टको अध्यक्षतामा नगर कमिटी चयन गरिएको छ ।
२५ सदस्यीय कमिटीको उपाध्यक्षमा इन्द्र विष्ट, सचिवमा इन्द्र सिह धामी, सह सचिवमा अनिल लुहार र सरस्वती नाथ तथा कोषाध्यक्षमा सरस्वती नाथ चयन भएका छन् ।

एमाले कञ्चनपुरको इन्चार्ज नारदमुनि रानाको प्रमुख आतिथ्यमा अधिवेशन गरिएको छ । इन्चार्ज रानाले अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै युवाले देश विकास र समृद्ध बनाउन सक्ने बताए ।
कार्यक्रममा एमाले पोलिटब्युरो सदस्य निरुदेवी पाल, केन्द्रीय सदस्य कृपाराम राना, कञ्चनपुर निर्वाचन क्षेत्र नं ३ का निवर्तमान साँसद डा. दिपक प्रकाश भट्ट, एमाले कञ्चनपुरका कार्य वाहक अध्यक्ष लक्ष्मी बुढा लगायतका नेताले मन्तव्य राखे ।
युवा संघ कञ्चनपुरका इन्चार्ज ओम बस्नेले संघको साउन २६ गते हुने जिल्ला अधिवेशन अगावै सबै नगरका अधिवेशन गरिने बताए । उनका अनुसार भीमदत्त सहित दोधारा चाँदनी नगरपालिका र लालझाडी गाउँपालिकामा अधिवेशन गरिएको छ ।
