ghar sansar

कृष्णपुरमा एकै दिन रोपिए चार हजार विरुवा, सामुदायिक वनमा उद्योग सञ्चालनका लागि वृक्षारोपण गरिएको मेयर ओझाको भनाई

little buddha academy
khasi

महेन्द्रनगर । कृष्णपुर नगरपालिका ५ स्थित हरियाली सामुदायिक वन क्षेत्रमा शनिबार चार हजार विरुवा रोपिएका छन् । कृष्णपुरका मेयर हेमराज ओझाले बेतको बिरुवा रोपेर वृक्षारोपण कार्यक्रम उद्घाटन गरेका छन् । कृष्णपुर नगरपालिकाले सामुदायिक वनसित सहकार्य गरी वन क्षेत्रमा विरुवा रोपिएको छ ।

सामुदायिक वनको उत्तर पुर्वी भागमा २ हजार बेत र २ हजारभन्दा अधिक बाँसका बिरुवा रोपिएका छन् । मेयर ओझाले कृष्णपुरका अधिकांश सामुदायिक वनसँग सहकार्य गर्दै बेत र बाँस ठुलो मात्रामा उत्पादन गरेर नगरमै उद्योग सञ्चालनमा ल्याउने योजना रहेको बताए ।

,orning glory badhai

dirghayi clinic

उनले एकातिर वनजंगल हराभरा भए वातावरण स्वच्छ रहने र अर्कोतिर स्थानीयलाई आफ्नो सीप तथा कला मार्फत रोजगारी सृजना हुने भएकोले आफुले बेत र बाँस रोपन कार्यक्रमलाई प्राथमिकतामा राखेको बताए ।

उनले वडा न .४ को चुरे क्षेत्रतिर मह उत्पादनको पक्कड क्षेत्र भएकाले चिउरी खेती,बजारमा कागतीको असाध्यै माग हुने भएकोले विभिन्न सामुदायिक वनहरुसँग समन्वय गर्दै कागती खेती गर्ने योजना रहेको बताए । अघिल्लो वर्ष पनि हरियाली सामुदायिक वनमै झण्डै २ हजार बाँसका बिरुवा रोपिएका थिए ।

वृक्षारोपण कार्यक्रममा नगरप्रमुख ओझासहित कृष्णपुर नगरपालिका वडा न.५ का अध्यक्ष टेक पाण्डे,हरियाली सामुदायिक वनका अध्यक्ष नित्यानन्द जेठारा,पुर्व अध्यक्ष दिल देउवा,सशस्त्र प्रहरी बल शैलेश्वरी गण झलारीबाट मोहनदेव पन्तको नेतृत्वमा ३० जना प्रहरी सहित स्थानीय सहभागी भएका छन् । 

     

Himal dental
सम्बन्धित
Loading...