ghar sansar

पुनर्वासमा लक्षित समुदायका समस्याबारे छलफल

little buddha academy
khasi

महेन्द्रनगर । पुनर्वास नगरपालिकामा लक्षित समुदायका व्यक्तिको समस्या समाधान गर्न सरोकारवालासंग अन्तरक्रिया कार्यक्रम गरिएको छ । बहुद्देश्यीय विकास समाज डडेल्धुरा र युएनडिपिको सहयोग र समन्वयमा पुनर्वास नगरपालिका न्यायिक समितिको आयोजना कार्यक्रम गरिएको छ ।

कार्यक्रममा लक्षित समुदायका नागरिकहरुको नागरिकता,जन्मदर्ता,विवाह दर्ता, तथा न्यायिक समिति समक्ष परेका उजुरी र प्रशासनसंग विभिन्न समस्या राखेका थिए ।

,orning glory badhai

अन्तरक्रिया कार्यक्रममा बहुउद्देश्यीय बिकास समाज डडेलधुराका कार्यक्रम संयोजक धन बहादुर भण्डारीले ३५ दिनमा बन्नु पर्ने जन्मदर्ता ३५ वर्ष पुग्दा पनि बन्न नसक्दा संविधानको धारा ३९ (१) अनुसार पहिचान, नामकरणसहितको हक गुमेको बताए ।

dirghayi clinic

जन्मदर्ता र नागरिकता नपाउँदा संविधानको धारा १६ देखि ४७ सम्मका मौलिक हकबाट वञ्चितहुनु परेको बताए। उनले संविधानप्रदत्त आम नेपाली नागरिकले पाउने अधिकार सम्बन्धी मौलिक हक, आफ्नो पहिचान सहित नामकरण र जन्मदर्ताको हकबाट केही नेपाली नागरिक वञ्चित रहेको बताए ।

विविध कारणले नागरिकताबाट वञ्चित हुनु परेको र उनीहरूका बालबालिका जन्मदर्ताबाट समेत वञ्चितरहनु परेकाले व्यक्तिगत घटना दर्ताको महत्वपूर्ण पाटो जन्मदर्ता नै नबनेर बालबालिकाहरू पहिचानको हकबाट वञ्चित रहदा विभिन्न कठिनाइ झेलिरहनु परेको आम नागरिकको दुखेसो पोखे । कार्यक्रममा लक्षित समुदायका नागरिकहरुको नागरिकता,जन्मदर्ता,विवाहदर्ता, तथा न्यायिक समिति समक्ष परेका उजुरी र प्रशासनसंग विभिन्न समस्या राखेका थिए ।

कार्यक्रममा कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारी ले जन्मदर्ता बनाउने जिम्मेवारी पञ्जिकाधिकारीले गर्ने भएकोले उनले कामको प्रतिरक्षा प्रक्रिया र कागज नै हुने गरेकोले सबैले कानुन, कागज र प्रक्रियामै विश्वास गर्नु पर्ने बताए ।

उनले विभिन्न समूहबाट आएका जनचासो र गुनासोबारे कानुन सबध व्यवस्था र प्रावधान बारेमा प्रष्ट पार्दै नागरिकताको विषय अति नै गम्भिर मुद्दा भएको बताउदै नागरिकता बारे र जन्मदर्ता प्राप्त गर्न सक्ने व्यवस्था बारे प्रष्ट पारे ।

पुनर्वास नगरपालिकाकी नगर उपप्रमुख तथा न्यायिक समिति संयोजक भुलिया कुमारी राना को अध्यक्षतामा भएको सो अन्तरक्रिया कार्यक्रमो प्रमुख अथिति नगर प्रमुख तोय प्रसाद शर्मा रहेका थिए ।

Himal dental
सम्बन्धित
Loading...