ghar sansar

नेवि संघको केन्द्रीय तदर्थ समिति केन्द्रीय सदस्य मनोनित, कञ्चनपुरबाट को को भए केन्द्रीय सदस्य

महेन्द्रनगर । नेपाली काँग्रेस सम्बद्ध नेपाल विद्यार्थी संघको केन्द्रीय तदर्थ समितिमा सदस्य मनोयन गरिएका छन् । संघको केन्द्रीय अध्यक्ष दोजाङ्ग शेर्पा मनोनित गरिएको लामो समयपछि काँग्रेस सभापति शेर बहादुर देउवाले केन्द्रीय सदस्य मनोनित गरेका छन् ।

तदर्थ समितिमा कञ्चनपुरबाट १२ जना मनोनित गरिएका छन् । उनीहरुमा उत्तम साउँद, भानुभक्त जोशी, सुदर्शन पनेरु, सन्जु अधिकारी, राजेन्द्र बहादुर ठकुराठी, दिनेश शर्मा, मनोज भट्ट, लोचन कार्की, शेष बहादुर विष्ट, जीवन राना, खेमराज जोशी र अच्युतजङ्ग कार्की छन् । संघको कञ्चनपुर संयोजकमा रमेश चटौत यस अघि मनोनित भई सकेका छन् ।

Himal dental
सम्बन्धित
Loading...