गेटामा मेडिकल विश्वविद्यालयका लागि लड्दै आएका आगोलाई कैलाली काँग्रेसले गर्यो कारवाही

महेन्द्रनगर । काँग्रेस कैलालीले युवा नेता लोकराज पाण्डे (आगो) लाई कारबाही गरिएको छ । नेपाली काँग्रेस गोदावरी नगरपालिका–१ कैलालीका क्षेत्रीय प्रतिनिधि पाण्डेयलाई कारबाही गरिएको हो ।

उनलाई पार्टीको जिल्ला कार्यसमितिले पदीय जिम्मेवारीमा बसेर पार्टी हित विपरीत सार्वजनिक रुपमा अभिव्यक्ति दिएको भन्दै अनुशासनको कारबाही गरिएको छ ।

पार्टी हितको बर्खिलाप, पार्टीको पदीय जिम्मेवारीमा रहेका नेता कार्यकर्ताको मानहानी हुने गरी सार्वजनिक अभिव्यक्ति दिने गरेको र सामाजिक सञ्जालमा तथानाम अभिव्यक्ति दिने गरेको देखिएको जिल्ला कार्यसमिति कैलालीले जनाएको छ । उनलाई अनुशासनको कारबाही गर्दै पार्टीबाट साधारण सदस्य समेत नरहने गरी निलम्बन गरिएको छ ।

उनी गेटामा मेडिकल विश्वविद्यालय स्थापनाका लागि आन्दोलन गर्दै आएका छन् । काँग्रेसका सुदूरपश्चिम प्रदेश साँसद एवम् प्रतिनिधि सभा सदस्य बिर बहादुर बलायर मेडिकल विश्वविद्यालय विरुद्ध देखिएका
छन् ।

सम्बन्धित
Loading...