ghar sansar

भासियो भीमदत्त राजमार्ग, पहाडी जिल्लासित सडक सम्पर्क विच्छेद

khasi

डिल्लीराज पन्त
महेन्द्रनगर । सुदूरपश्चिमका सात पहाडी जिल्लालाई जोड्ने भीमदत्त राजमार्ग अवरुद्ध भएको छ । अविरल वर्षाले गर्दा हिजो राति कैलालीको गोदावरी नगरपालिका–४ स्थित भावर क्षेत्रमा ठुलो पहिरो गएपछि राजमार्ग अवरुद्ध भएको हो ।

पहिरोका कारण राजमार्ग चर्किएर भासिएको छ । राजमार्ग अवरुद्ध भएपछि सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लाको यातायात पनि ठप्प छ । पहाडबाट तराई झर्ने र तराईबाट पहाड जाने सबै सवारी साधन बाटोमा रोकिएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।

विभिन्न कामले पहाडबाट तराईझ र्नै यात्रुहरु कैलालीको बुढितोला सम्म यातायातका साधनमा आएपनी त्यहाँबाट गोदावरीसम्म आउन सकिरहेका छैनन । कोही एक घण्टाको उकालो छिचोलेर वारिपट्टी हिँडेरै आईरहेका छन भने विरामी अशक्त भने अलपत्र परेको बताउँछन् ।

अवरुद्ध राजमार्ग खुलाउने प्रयास भइरहेको छ । तर, माथिबाट पहिरो झर्ने क्रम जारी रहेकाले बाटो खुलाउन चुनौती भईरहेको छ ,।राजमार्ग अवरोधका कारण यता गगए राति आएको वाढिले गोदावरी नदि किनार मा रहेका पसल तथा अस्थायि टहरा हरु पानीले वगाएर लगेको छ ।

dirghayi clinic

विगत लामो साय देखि गोदावरी नदि किनार मन्दिर क्षेत्रमा व्यापार गर्दे आएका हरुले सोमवार राति देखि परेको अविरल वर्षाका कारण हआएको वाढिले सवै पसल तथा समान बगाएर लगेको बताए ।

अवरुद्ध रहेको बाटो डोजर र स्काई भेटर प्रयोग गरी पहिले पन्छयाने काम भईरहेको छ भने असक्त विरामी हरुलाई नेपनली सेना ले वारी पारी गराउन मध्त गरिरहेको छ ।

संघिय सडक डिभिजन कार्यालय महेन्द्रनगरका डिभिजन प्रमुख हरि प्रसाद सुवेदीले अत्तरिया डडेल्धुरा सडक खण्डमा विभिन्न क्षेत्रमा गएको पहिरोले वाटो अवरुद्ध भएको र कैलालीको बुढि तोला करिव ४ सय मिटर वाटो नै भासियोले अवरुद्ध वाटो खोल्न केहि दिन लाग्ने बताएका छन । उनले तराई वाट ७ पहाडि जिल्ला जोड्नै एक मात्र भिमदत्त राजमार्ग भएकाले यात्रुहरुलाई असहज हुने तर कार्यालय को तर्फवाट जति सक्दो चाडो वाटो सुचारुका लागि तीव्र गतिमा काम गर्ने बताए ।

सुदूरपश्चिमका सात पहाडी जिल्लालाई जोड्ने भीमदत्त राजमार्गमात्रै भएकाले वाटो समयमै सञ्चालनमा नआउने हो भने खाद्यान्न लगायत विरामीहरुलाई समेत समस्या पर्ने देखिन्छ ।

           

Himal dental
सम्बन्धित
Loading...