ghar sansar

संघीय शिक्षा ऐन विधेयक विरुद्ध उत्रिए निजी विद्यालय

little buddha academy
khasi

महेन्द्रनगर । संस्थागत विद्यालयका तीन संगठन प्याब्सन, एन प्याब्सन र हिसा प्रस्तावित संघीय शिक्षा ऐनको विधेयक मस्यौदा विरुद्ध आन्दोलनमा उत्रिएका छन् । तीन संगठनले बुधबार संयुक्त रुपमा पत्रकार सम्मेलन गरी विधेयकमा निजी शिक्षा सम्बन्धि प्रस्तावित व्ववस्था हटाउनु दबाव दिएका छन् ।

प्याब्सन, एन प्याब्सन र हिसानका अगुवाले प्रस्तावित विधेयकमा निजी विद्यालयलाई पाँच वर्षभित्र शैक्षिक गुठीमा जानु पर्ने लगायतका प्रावधान निनी विद्यालय विरोधी भएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।

,orning glory badhai

पत्रकार सम्मेलनमा प्याब्सनका केन्द्रीय सल्लाहकार चन्द, एन प्याब्सन केन्द्रीय उपाध्यक्ष एवम् हिसान कञ्चनपुरका अध्यक्ष श्याम सिह मौनी, एन प्याब्सन केन्द्रीय सदस्य सत्येश बहादुर चन्द, प्याब्सन कञ्चनपुरका अध्यक्ष अमरामज भट्ट र एन प्याब्सन जिल्ला अध्यक्ष झंकरराज जोशीले पत्रकार सम्मेलनमा विधेयकको विरोध गर्नको कारण सहित आ–आफ्नो धारणा राखे ।

एन प्याब्सन कञ्चनपुरका सचिव बलदेब भट्टले सञ्चालन गरेको कार्यक्रममा तीन ओटै संगठनका केन्द्र, जिल्ला, नगरका पदाधिकारी, सदस्य सहभागी भएका छन् ।

अब हामी अन्तिम पटक मर्न चाहन्छौ –हिरा चन्द

प्याब्सन केन्द्रीय सल्लाहकार हिरा चन्दले पत्रकार सम्मेलनमा निजी विद्यालयका सञ्चालकहरुलाई अन्तिम पटक मर्ने अवस्था आएको बताए । उनले सरकारले यस अघि पनि निजी विद्यालयलाई पटक पटक मार्ने अवस्थासम्म पुगाएको उल्लेख गर्दै उनले यस पटक आफूहरु अन्तिम पटक मर्ने गरी आन्दोलनमा होमिएको बताए ।

‘हामी पटक पटक मरि रहेछौ, मर्न त एक पटक राम्रो होला’ उनले भने,‘अब हामी अन्तिम पटक मर्न चाहन्छौ, यस अघि पनि विभिन्न बहानामा पटक पटक मरेका छौ, कुनै पनि हालतमा हामी हाम्रो सम्पत्ति दिदैँनौ, त्यसैले कपन बाँधेर आएका छौ ।’

प्रस्तावित शिक्षा विधेयक विदेशी दलालको इशारामा निजी शिक्षालाई धराशायी बनाउने नियतले आएको आशंका चन्दले व्यक्त गरे । उनले नेपालमा शिक्षा विद्का भेषमा केही विदेशी एजेन्टले विद्यार्थीलाई बाह्य देश पठाउनका लागि निजी विद्यालय विरोधी उभिएको उल्ल्लेख गरे ।

सरकारले आफूहरुको सम्पूर्ण सम्पत्तिको क्षतिपूर्ति र शिक्षक कर्मचारीको व्यवस्थापन गर्न सकेको खण्डमा भने आफूहरुले सोच्नु सकिने उनको भनाई थियो । ‘यो त सोच्न सकिन्छ, तर अहिले हामीले यो कुरामा पनि जान चाहँदैनौ’ उनले भने,‘अहिले हामी कुनै पनि हालतमा गुठीमा जान चाहदैनौ ।’

यो विधेयक संविधान विपरित छ – श्याम सिह मौनी

एन प्याब्सन केन्द्रीय सदस्य एवम् हिसान कञ्चनपुरका अध्यक्ष श्याम सिह मौनीले विधेयकमा राखिएको व्यवस्था निजी विद्यालय विरोधी भएकाले यसलाई खारेज गरिनु पर्ने बताए ।

dirghayi clinic

तीन संगठनको ध्यानाकर्षण पत्र वाचन गर्दै उनले सरकारले कम्पनी ऐन अनुसार सञ्चालन गर्न अनुमति दिएका शिक्षण संस्थालाई पाँच वर्षभित्र शैक्षिक गुठीमा जानु पर्ने प्रावधान संविधान विपरित भएको उल्लेख गरे ।

‘संविधानमा सबै नागरिकलाई पेशा गर्ने अधिकार छ, निजी विद्यालय कम्पनी ऐन अन्र्तगत सञ्चालन भएका छन्, अहिले आएर शैक्षिक गुठीमा जानु पर्ने भनेर भन्नु संविधान विपरित छ’ उनले भने ।

आत्महत्या बाहेक अर्को विकल्प छैन – सत्येश बहादुर चन्द

एन प्याब्सन केन्द्रीय सदस्य सत्येश बहादुर चन्दले विधेयक पारित भए आफूहरु आत्महत्या बाहेक अन्य विकल्प बाँकी नुहने चिन्ता व्यक्त गरे ।

सरकारले निजी विद्यालयलाई योगदान वेवास्ता गरी कुनै पनि मोडालिटी विना शैक्षिक गुठीमा जाने कानुन ल्याएर गल्ती गरेको उनको भनाई छ ।

‘अहिलेको विधेयक पास भएर आयो भने यो निकै आत्मघाती छ, यसले हामीसित आत्महत्या गर्न बाहेक अरु विकल्प बाँकी हुँदैन’ उनले भने ।

जुनसुकै परिस्थितिमा पनि हामी आफ्नो सम्पत्ति छाड्दैनौ –अमराज भट्ट

प्याब्सन कञ्चनपुरका अध्यक्ष अमराज भट्टले आफूहरुले विद्यालय जोगाउन सबै परिस्थितको सामना गर्ने चेतावनी दिए ।

‘सम्पूर्ण जीवन यसमा लगाएका छौ, पुख्र्यौली सम्पत्ति पूरै लगाएका छौ, यो छाडेर पाँच वर्षभित्र गुठीमा जाने कुरा कुनै पनि हालतमा हुन सक्दैन’ उनले भने,‘जुनसुकै परिस्थितिमा पनि हामी आफ्नो सम्पत्ति छाड्दैनौ ।’

विधेयक गलत नियतले आएको छ– झंकरराज जोशी

एन प्याब्सन कञ्चनपुरका अध्यक्ष झंकरराज जोशीले विधेयकको प्रस्तावित मस्यौदाले बाल बालिकालाई पढ्नका लागि विदेश जान पर्ने बाध्यता ल्याउने गरी आएको उल्लेख गरे ।

उनले गुठीमा रुपान्तरण गरिए पनि भविष्यमा तिनको सञ्चालन र लगानीको कुनै प्रावधान नभएकाले आपत्ति प्रकट गर्दै खारेज गर्नु पर्ने माग गरे ।

Himal dental
सम्बन्धित
Loading...