ghar sansar

कञ्चनपुर निर्माण व्यवसायी संघका अध्यक्ष भट्टले भने– हामी मर्न न बाँच्न सक्ने अवस्थामा छौ, राज्यले छिटो भुक्तानी देओस, अनि म्याद थप गरोस

khasi

महेन्द्रनगर । काठमाडौंमा जारी निर्माण व्यवसायीहरुको आन्दोलनमा सहभागी निर्माण व्यवसायी संघ कञ्चनपुरका अध्यक्ष निरञ्जन प्रसाद भट्टले सरकारले भुक्तानी नदिएर व्यवसायी बाँच्न नसक्ने अवस्थामा पुगेको बताएका छन् ।

नेपाल निर्माण व्यवसायी महासंघको अगुवाईमा राजधानी जारी आन्दोलनमा बुधबार मन्तव्य राख्दै उनले सरकारसित सम्पन्न कामको भुक्तानी दिनु पर्ने र बाँकीको म्याद थप गर्नु पर्ने माग गरे ।

dirghayi clinic

‘देशभरका साथीहरु हामी रहरले काठमाडौं आएको होइन, घर जग्गा बैंकमा राखेर काम गरेका छौ, काम गरेको भुक्तानी पाएका छैनौ, सरकारले काम गरेर पनि भुक्तानी दिँदैन, बंंैकले कारवाही गरेको सबैलाई थाह नै छ’ उनले भने,‘यस्तो अवस्थामा हामी मर्न पनि नसक्ने अनि बाँच्न पनि नसक्ने अवस्थामा छौ, त्यसैले राज्यले हामीलाई नागरिक मानेर हाम्रो माग सुनुवाई गरी सहज बनाउनु पर्छ ।’

अध्यक्ष भट्टले सरकारले निर्माण व्यवसायीलाई हेर्ने दृष्टिकोण सही नभएको उल्लेख गर्दै काम गरेको भुक्तानी नदिएर त्यसलाई प्रष्ट पारि दिएको उल्लेख गरे ।

अध्यक्ष भट्ट संघका पदाधिकारी र सदस्य सहित लगेर आन्दोलनका लागि काठमाडौं गएका छन् । उनीसित संघका सल्लाहकार धर्मानन्द भट्ट, उपाध्यक्ष देब बहादुर चन्द, सह कोषाध्यक्ष यज्ञ बैज सहित सदस्य र निर्माण व्यवसायी आन्दोलनमा सहभागी छन् ।

Himal dental
सम्बन्धित
Loading...