ghar sansar

तीन दिन अघि हराएका पार्कीको शव भाँसी नहरमा भेटियो, हत्यापछि नहरमा फालिएको आफन्तको आशंका

little buddha academy
khasi

महेन्द्रनगर । तीन दिनदेखि हराई रहेका भीमदत्त नगरपालिका ६ भूमिराज टोलका लोकेन्द्र पार्कीको शव भाँसीस्थित महाकाली सिँचाईको नहरमा भेटिएका छन् । महेन्द्रनगर ब्रह्मदेब लिङ्क रोडमा भाँसीमा ग्रिलको काम गर्न घरबाट निस्किएका २८ वर्षिय पार्की साउन २३ गते रातिदेखि हराएका थिए ।

पार्कीसंगै भएका उनका छिमेकी जस बहादुर विकले उनी हराएको भन्दै उनको मोबाइल, पर्स र चप्पल घर लगेका थिए । दैजीको बोर्डिङ्ग स्कुलको गाडी चलाउँदै आएका विक अहिले प्रहरी नियन्त्रणमा छन् ।

,orning glory badhai

विकले घरमा हराएको जानकारी दिएर परिवारले खोजीका लागि जिल्ला प्रहरी कार्यालयमा निवदेन दिएर खोजी सुरु गरिएको थियो । खोजीको क्रममा उनले काम गर्दै आएका स्थान नजिक नहरमा विहान शव भेटिएको छ ।

dirghayi clinic

पार्कीका बाजे कल्यान पार्कीले राति विकले हराएको जानकारी दिएपछि प्रहरीलाई खबर गरी खोजी गरिएको र विहान मात्रै शव नहरमा भेटिएको बताए । ‘चप्पल सडकमा भेटिएको हो भन्यो, पर्स र मोबाइल पानीले भिज्छ भनेर पोलिथिनमा राखेर मलाई दिएको भनेर भन्यो; उनले भने,‘के भएका रहेछ, केही थाह छैन ।’

महाकाली प्रादेशिक अस्पतालमा राखिएको पार्कीको शव हेर्दा हत्या गरी नहरमा फालिएको हुन सक्ने बताए । ‘हराएपछि त केही लागेको थिएन, अहिले भेटिएको शव हेर्दा हत्या गरी फालिएको जस्तो देखिन्छ’ उनले भने,‘नहरमा डुबेर मरेको भए त पेटभित्र पानी भरिएर फूलेको हुन्थ्यो, केही भाको छैन, मारेको नै फालेको हो ।’

पार्कीको घर परिवारसम्म उनी हराउन अघि भाँसीमा बस्दै आएका काठ मिलका मजदुरसित झगडा भएको सुनेको बताएका छन् । त्यहीं झगडाका कारण हत्या गरिएको आशंका उनको आफन्तले गरेका छन् ।

नहरमा शव भटिएपछि पार्कीका आफन्त जिल्ला प्रहरी कार्यालय आएका छन् । उनीहरुले पार्कीको हत्यामा संलग्नलाई करावाहीको माग गर्दैै प्रहरी कार्यालयको प्रवेशद्वारमा धर्ना बसेका छन् ।

Himal dental
सम्बन्धित
Loading...